सामुदायिक विद्यालय भवनको शिलान्यास

Logo
आइतबार, बैशाख १७, २०८०

उदयपुर ।  त्रियुगा नगरपालिका वडा नम्बर ७, कालीखोला स्थित श्री माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ।  विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि कोशी प्रदेशका माननीय हिमाल कार्की तथा त्रियुगा नगरपालिकाका मेयर  बसन्त कुमार बसन्त कुमार बस्नेतले संयुक्त रूपमा शिलान्यास गरेका छन ।

राष्ट्रपति शैक्षिक सुधार परियोजना अन्तर्गत ४ कोठे भवनको आज एक कार्यक्रम गर्दै शिलान्यास गरिएको हो।  ३९ लाख ५० हजार ७ सय ७६ (भ्याट सहित) रुपैया लागतमा निर्माण हुन् लागेको भवनको निर्माणको जिम्मा आर बि एल निर्माण सेवा चुवाडेले पाएको छ । निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्र निर्माण गरिसक्न पर्ने छ।

कक्षा १० सम्म पठनपाठन हुदै आएको बिद्यालय २०३५ सालमा स्थापना भएको हो। ३ सय ९ बिद्यार्थी रहेको बिद्यालयमा भवन नहुदा बिद्यार्थीहरुले पुराना छाप्रो भएका भवनमा बसेर पढ्नु पर्ने बाध्यता अव नयाँ भवन बन्ने भए पछि टरेको छ। हालै अंग्रेजी माध्यम बाट समेत पठनपाठन सुरु गरेको बिद्यालयमा नयाँ भवन बन्ने भए पछि बिद्यार्थी, शिक्षक र अभिभावक उत्साहित भएका छन।

भवनको शिलान्यास गर्दै पूर्व भौतिक बिकास मन्त्री समेत रहेका हिमाल कार्कीले  शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले शिक्षानै विकासको जग भएकाले विकसित देशको लागि शिक्षित नागरिक हुनु अत्यावश्यक रहेकाले विद्यालयमा शैक्षिक सँगसँगै भौतिक विकासको लागि आफु तत्पर रहेको उनको भनाइ छ ।

यस्तै नगर प्रमुख बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले समृद्ध त्रियुगा निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउने नगरको प्राथमिकता रहेको बताएका छन्। यता नगर उप प्रमुख महेश्वरी राइले विद्यालयको भौतिक सँगसँगै शैक्षिक गुणस्तरको विकासमा पनि आफुहरु दत्तचित्त भएर लागि परेको दावी गरिन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry