उदयपुर । त्रियुगा नगरपालिकाले ‘शैक्षिक भित्ते पात्रो २०८०’ विमोचन गरेको छ । नगरपालिकाको शैक्षिक सत्र २०८० भरिका सम्पुर्ण क्रियाकलाप समेटेर शैक्षिक भित्ते पात्रो विमोचन गरेको हो ।
भित्ते पात्रोको विमोचन गर्दै मेयर वसन्त कुमार बस्नेतले शैक्षिक पात्रोमा उल्लेख गरिए बमोजिम सामुदायिक तथा संस्थागत बिद्यालयहरुले आफ्नो पाठ्यक्रम तयार गर्नु पर्ने बताए । “नगरपालिकाका शैक्षिक बिज्ञहरु द्वारा शैक्षिक क्यालेन्डर तयार गरिएको छ यसै अनुसार बिद्यालयहरुले पाठ्यक्रम तयार पारेर बिद्यालय संचालन गर्नु पर्छ । क्यालेन्डरमा सबै बर्षभरी गरिने कार्यक्रम राखिएको छ त्यसै अनुसार हुन पर्छ ।” मेयर बस्नेतले भने ।
यस्तै उपमेयर महेश्वरी राईले नगरपालिकाको शिक्षामा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डर प्रकाशन गरिएको बताइन । उनले भनिन, “हाम्रो नगरमा गाउँ पनि पर्छ शहर पनि, गाउँ र शहरको पाठ्यक्रम एकै किसिमको हुन पर्छ र शैक्षिक गुणस्तर एकै किसिमको हुन पर्छ त्यसैको लागि क्यालेन्डर प्रकाशन गरिएको हो ।”
नगरपालिकाले प्रकाशन गरेको भित्ते पात्रोमा नगरपालिकाले एक शैक्षिक सत्र भरी गर्ने सम्पुर्ण क्रियाकलाल पात्रोमा नै उल्लेख गरेको छ । भित्ते पात्रो प्रकाशन समितिका सदस्यका अनुसार बर्ष भरी बिद्यालयले गर्नु पर्ने कुरा र नगरपालिकाको शिक्षा शाखाले गर्नु पर्ने सम्पुर्ण कुरा पात्रोमा उल्लेख गरिएको छ ।