सार्वजनिक जग्गाको अतिक्रमण रोक्न त्रियुगा नगरपालिकाले लगायो डोजर

Logo
बिहिबार, जेठ ०४, २०८०

उदयपुर ।  सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिबेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ। झुपडी बनाएर मानिस बसोबास गर्दै गरेको देखाउने उदेश्य सहित बनेका टहरालाई आज नगरपालिकाले डोजर लगाएर खाली गरिएको हो।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले पटक पटक उक्त अतिक्रमित जग्गा फिर्ता गर्न र बेनका टहरा हटाउन निर्देशन दिए पनि नहटाइएका संरचना आज नगरपालिका आफैले डोजर लगाएर खाली गराएको हो ।

त्रियुगा नगर पालिका वडा नं ४ बगाहा र वडा नं ५ देउरी स्थाई बसोबास भएका केही व्यक्तिले स्थानीय संगको मिलेमतोमा  सार्वजनिक जग्गा अतिक्रमण गरि टहरा बनाएका थिए। जग्गा अतिक्रमण गरि टहरा बनाउन र किनबेच गर्न शुरु गरे पछि सार्वजनिक स्थानमा बनेका टहरा हटाउन र अतिक्रमित जग्गा फिर्ताको माग गर्दै स्थानीय लक्ष्मी चौधरीले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

जिल्ला अदालत उदयपुरले २०७४ फाल्गुन २० मा  र उच्च अदालत बिराटनगरको अस्थाई इजलास ओखलढुङ्गा ले २०७६ भदौ २४ मा सरकारी सम्पतीमा प्रतिवादीहरुको हकदावी नपुग्ने भन्दै चौधरीको पक्षमा फैसला गर्दै उक्त जग्गा खाली गर्न गराउन  र संरक्षण  गर्नु गराउनु भनि  फैसला गरेको थियो ।

अदालतको फैसला पछि पनि जग्गा अतिक्रमण गर्दै आएकाहरुले जग्गा खाली नगरे पछी जिल्ला अदालतले २०७८ साल फाल्गुण ४ गते त्रियुगा नगरपालिकालाई बोदार्थमा राख्दै प्रशासन कार्यालयलाई जग्गा खाली गराउन पत्राचार गरेको थियो। अदालतको पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले फाल्गुण ९ गते जग्गा खाली गर्न त्रियुगा नगरपालिकामा पत्राचार गरेको थियो । जिल्लाको पत्र अनुसार नगरपालिकाले उक्त जग्गा आफै खाली गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको थियो ।

नगरपालिकाको आग्रह र सूचनालाइ समेत वेवास्ता गर्दै भूमाफिया हरुले घर टहरा हटाउनको सट्टा रातारात अन्य घर टहरा समेत निर्माण गर्न सुरु गरे पछि  नगरपालिका डोजर लगाउन बाध्य भएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए।

त्रियुगा नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै जनस्तरबाट व्यापक विरोध हुदै आएको छ। नगरपालिकाले डोजर चलाइरहँदा कुनै पनि अवरोधको सामना गर्नु परेको छैन  । डोजर लगाउँदा वरिपरि सर्वसाधारणहरु खुशी देखिएका छन् । नगरपालिकाको यो कदमलाई स्थानीयहरुले स्याबासी दिरहेका छन । यही कारणले गर्दा कुनै अवरोध विनै नगरपालिकाले एकाध घण्टामै करिब एक दर्जन टहरा भत्काएर काम तमाम गरिदिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry