उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ ले सुत्केरीहरुलाई पौष्टिकजन्य आहार वितरण गरेको छ । गरिव परिवारलाई लक्षित गरि वडा भित्रका ७० सुत्केरीहरुलाई पौष्टिकजन्य आहार बितरण गरेको हो ।
आज वडा कार्यलयमा एक कार्यक्रम गर्दै वडा भित्रका सुत्केरी महिलालाई घिउ, ज्वानो, चना, मोटर र मुसुरीको दाल मिलाएर बितरण गरिएको वडा सचिव निरु कार्कीले जानकारी दिइन ।
सुत्केरी महिलालाई प्रोत्साहन र सम्मान स्वरुप थोरै भएपनी पौष्टिक आहार वितरण गरेको कार्य वाहक वडा अध्यक्ष अनिता थापाले जानकारी दिइन ।
सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खानामा बढी ध्यान दिनुपर्ने हुन्छ। पोषिलो खाना र सरसफाइमा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पौष्टिकजन्य आहार वितरण गरिएको का. वा. अध्यक्ष थापाले जानकारी दिइन।
गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने भएकाले पौष्टिकजन्य आहार वितरण गरेको वडा सचिव कार्कीले बताइन।