२९ छात्राहरूलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले साइकल वितरण

Logo
खेमराज दाहाल आइतबार, जेठ २१, २०८०

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिकाले उच्च शिक्षा पढ्ने छात्राहरूलाई साइकल वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नं  २ का २९ जना  उच्च शिक्षा पढ्ने लक्षित वर्गका दलित तथा जनजाती छात्राहरूलाई साइकल वितरण गरेको हो।

किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न जान आउन सहज होस र उनीहरू प्रोत्साहित होउन भन्ने उद्देश्यले साइकल वितरण गरिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताउनु भयो ।

मेयर बस्नेतले सीमान्तकृत समुदायका किशोरीहरू साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई ध्यान दिदै नगरपालिकाले शैक्षिक छात्रवृति कोष स्थापना गरि निशुल्क पठनपाठन गर्ने  व्यावस्था गरिएको बताउनु भयो ।

त्रियुगा वडा नं २ को कार्यालयमा भएको साइकल वितरण कार्यक्रममा मेयर बस्नेत सहित उपमेयर महेश्वरी राई, वडा अध्यक्ष घमान सिंह खत्री लगायत वडाका अन्य जनप्रतिनिधि उपस्थित थिए।

साइकल पाएपछि छात्राहरुले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहुँदा यहाँका बालबालिका ४ किलोमिटरको पैदल हिँडी उच्च शिक्षा लिन जाने गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry