त्रियुगा नगरपालिकाका ८५ उद्यमीलाई १० लाख बराबरको सामाग्री तथा प्रविधि हस्तान्तरण

Logo
खेमराज दाहाल सोमबार, आषाढ ०४, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले नगरका ८५ जना उद्यमशीलता तालिम लिएर आफ्न पेशा व्यबसाय गर्नेलाई विभिन्न सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

नगरपालिकाको ८० प्रतिशत अनुदान र उद्यमीहरुको २० प्रतिशत लगानीमा ८५ उद्यमशीलता तालिम लिएकाहरुलाई गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत विभिन्न सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रम गर्दै त्रियुगा नगरप्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा नं ८ का वडा अध्यक्ष राज कुमार राउतले सामाग्री हस्तान्तरण गरेका हुन ।

सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख बस्नेतले आफुले सिकेको सीप र तालिम अनुसार प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्नो आफ्नो पेशामा उद्यमशील हुने गरि लाग्न आग्रह गरे । “हामीले तपाइँहरुकै रोजाईको पेशाका लागि तालिम र उपकरण उपलब्ध गराएका छौ” नगर प्रमुख बस्नेतले भने, “अब सीप र सामाग्रीको प्रयोग गर्दै आत्मनिर्भर र उद्यमशील बन्नुहोस नहुने केही छैन ।”

उद्यमीहरूलाई सामग्री हस्तान्तरण गर्दै उपप्रमुख राइले सम्पुर्ण उद्यमीहरुलाई सफलताको शुभकामना दिइन । पाएको सामाग्रीको प्रयोग गर्दै उत्कृष्ट उद्यमी भएर देखाउन आग्रह गरिन ।
तरकारी खेती गर्ने ५० जना कृषकलाई कृषि सम्बन्धि मल्चिङ रोल, टनेल, स्प्रे, हजारी, क्यारेट, पानी तान्ने मोटर बितरण र एक च्याउ खेती गर्ने कृषकलाई च्यापकटर मेसिन बितरण गरिएको छ । यस्तै मुढा उत्पादन गर्ने ६ जना उद्यमीलाई हम्बर, ह्याक्सोब्रेड र फ्रेम, कचक, छिनो, ग्यालेन्डर मेसिन र सिलढुङ्गा हस्तान्तरण गरिएको नगर उद्यम शाखाका उद्यम सहजकर्ता अन्नपूर्ण रसाइलीले जानकारी दिइन ।

यस्तै दालमोठ भुजिया बनाउने ७ जनालाई भुजिया मेसिन, झाँज, आरी, भड्डुको कराई, झिर र नाङ्लो बितरण गरिएको नगर उद्यम शाखाका उद्यम सहजकर्ता शुभारण चौधरीले बताइन । चौधरीका अनुसार मोबाइल र मोटरसाइकल मर्मत गर्ने ५ जनालाई टुल बक्स, चिम्टा, पिलास र सोल्डर आइरन र तेस्मा प्रयोग हुने पेस्टर थर्मल प्रदान गरिएको छ ।

यस्तै कुखुरा पालन गर्ने ५ उद्यमीलाई जाडो महिनामा प्रयोगहुने १४ वटा इलेक्टि्रक बुलुन्डर, ७ जना बाख्रा पालन गर्नेलाई २७ बण्डल जस्ता, हाउस वाइरिङ गर्ने ५ जनालाई हिल्टी मेसिन र होटल व्यवसाय गर्नेलाई ६ वटा बेन्च र २ वटा टेवल हस्तान्तरण गरिएको उद्यम बिकास शाखा प्रमुख बिष्णु खत्रीले बताए ।

शाखाका प्रमुख खत्रीका अनुसार गरिबीको रेखा मुनी रहेका नगरबासीलाई व्यवासायिक तालिम प्रदान गरिसकेपछि व्यवासाय गर्न सहयोग होस भनेर करिब १० लाख बराबरको सामाग्री वितरण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry