उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को प्रशासकीय भवन बन्ने भएको छ । साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं १२ को कार्यलय त्रिवेणी टोलमा बन्ने भएको हो ।
आज एक कार्यक्रम गर्दै बन्ने नयाँ भवनको त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले सयुक्त रुपमा शिलान्यास गरेका छन ।
नगर प्रमुख बस्नेतले सोमबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताए । नगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा त्रियुगा रिङरोड निर्माणमा लागि परेको जानकारी दिए ।
पूर्वाधारविना गुणस्तरीय सेवा प्रदान गर्न नसकिने भएको हुँदा वडाको प्रशासकीय भवन निर्माण गर्न लागिएको उपप्रमुख महेश्वरी राईले बताइन ।
भाडाको घरबाट सेवा प्रदान गर्दा सेवाग्राहीले चाहे अनुसार सेवा प्रदान गर्न अप्ठ्यारो, पार्किङ स्थल नहुदा समस्या र सांघुरो कार्यलयमा सभाहलको अभाव हुँदा सरोकारवालासँग छलफल र अन्तरक्रियागर्न समेत नपाएकोले सम्पुर्ण सेवा सुविधालाई एकै ठाउँबाट प्रदान गर्न वडा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष अनिता थापाले बताइन ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा नं ३ र ४ का वडा अध्यक्ष सहित विभिन्न पार्टीका प्रतिनिधि र सम्पुर्ण टोलबिकास समितिका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।