

उदयपुर । खोटाङमा गोरु काटेर मासु भाग लगाउँदै गर्दा पाँच जना पक्राउ परेका छन । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी स्थित रमितेमा आईतबार गोरु काटेर मासु भाग लगाई रहेको अवस्था उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा खिमाया तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ, हेमकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ऐसेलुखर्क प्रहरीको सहयोगमा आइतबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।