उदयपुर । हेफर इन्टरनेसनल नेपालले त्रियुगा नगरपालिकालाई लम्पी स्किन प्रभावित पशुको उपचार गर्नका लागि आवश्यक औषधी तथा सामाग्री हस्तान्तरण गरेको छ । हेफरले लम्पी स्किन प्रभावित पशुहरुको उपचार र राहतका लागि विभिन्न भेटेरिनरी औषधी तथा सामग्री उपलब्ध गराएको हो ।
लगभग १ लाख बराबरको विभिन्न डेड दर्जन किसिमका भेटेरिनरी औषधी तथा सामाग्रीहरु हस्तान्तरण गरिएको हो । औषधी हस्तान्तरणपछि नगर प्रमुख बस्नेतले महामारीको रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि पालिकासँग प्रयाप्त स्रोतको अभाव रहेको अवस्थामा हेफरबाट गरिएको सहयोगले ठुलो राहत मिलेको बताउनु भयो । त्रियुगा नगरपालिकामा कृषि क्षेत्रमा हेफरले काम गरि रहेको हुदा पशुहरुमा लाग्ने यस किसिमको महामारीमा साथ दिदा संस्था प्रति अझ बिश्वास बढेको बताउनु भयो।
हेफर इन्टरनेशनल नेपाल र त्रियुगा नगरपालिका बिच साझेदारीमा कृषि तथा पशु उद्धमशीलता विकास परियोजना सञ्चालनमा रहेको छ । नगरपालिकाले अहिले जनताका घर घर पुगेर लम्पी स्किन रोग लागेका पशुचौपायामा औषधी उपचार गरिरहेको छ । यो लम्पी सकिन रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँठ, लामखुट्टे, किर्नाजस्ता कीराहरूको संख्या बढी हुने हुँदा यो रोगको संक्रमण बढी फैलिने गर्दछ ।
लम्पी स्किन रोग–गाईवस्तुलाई असर गर्ने अत्यन्त संक्रामक र आर्थिक रुपमा विनाशकारी भाइरल संक्रमण नेपालको अधिकांस भागमा देखा परेको छ । यस प्रकोपबाट पशुधन र कृषकको जीविकोपार्जनमा परेको प्रभावलाई न्यूनीकरण गर्नु अत्यन्तै आवश्यक रहेकाले हेफर इन्टरनेशनल नेपालले देश भरका २० भन्दा बढी स्थानीय तहमार्फत प्रभावित समुदायलाई आवश्यक औषधि तथा सहयोग उपलब्ध गराउन आफ्नो श्रोतको परिचालन गरेको छ । ( सहयोग रकम फरक्क परेकोले सच्याइएको )