तल्लो भेगका ४ नगरपालिकाले गरे विपद व्यवस्थापनमा एक भएर काम गर्ने निर्णय

Logo
शनिबार, आश्विन २०, २०८०

उदयपुर । उदयपुरका चार वटा नगरपालिकाले विपद व्यबस्थापनमा मिलेर काम गर्ने भएका छन । मदन भण्डारी सडकमा पर्ने जिल्लाका तल्लो भेगका ४ नगरपालिकाले कुनै पनि विपतजन्य घटना घटेमा मिलेर विपद व्यबस्थापनमा जुट्ने गरि निर्णय गरेको हुन । विपद जन्य घटना घटेको पालिकाको अनुरोधमा उद्धार, राहत, पुर्नस्थापना र पुनर्निमाण लगायतका कार्यमा स्रोत साधन उपलब्ध गराई सहकार्य गर्ने निर्णय भएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए।

विपद जन्य घटना घटेको पालिकामा स्रोत साधन र मेशीनरी उपकरण प्रयोग गर्दा क्षति भएमा मर्मत संभार लगायतको कार्य गरी पूर्ववत अवस्थामा लैजाने सोको खर्च व्यवस्थापन घटना घटेको नगरपालिकाले गर्ने समेत बैठकले निर्णय गरेको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

नगर प्रमुख बस्नेतका अनुसार शुक्रवार बसेको पालिका प्रमुखहरुको बैठकले चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाले संयुक्त फोहोर व्यवस्थापन केन्द्रको निर्माण गर्ने समेत निर्णय गरेको छ। त्रियुगा र चौदण्डीगढी नगरपालिकाको सिमानामा पर्ने फुलजोरमा फोहोर व्यबस्थापन केन्द्र निर्माण गर्ने र यसका लागि आवस्यक प्रकृया पुरागरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिए।

यस्तै शुक्रवार चौदण्डीगढी नगरपालिकाको सभाहलमा बसेको बैठकले महामारीजन्य रोगव्याधी फैलिएमा औषधी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, शववाहन नगर प्रहरी, स्वास्थ्य उपकरण लगायतका विषयमा उपलब्धताको आधारमा एक अर्का पालिकालाइ सहयोग गर्ने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राइले जानकारी दिइन ।

बैठकमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेस्वरी राई, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, कटारी नगरपालिकाका उपप्रमुख गीता खड्का उपस्थित थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry