जाजरकोट भुकम्प पीडितलाई सहयोग लिएर त्रियुगा नगरपालिका जादै

Logo
मंगलबार, मंसिर ०५, २०८०

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर त्यस तर्फ प्रस्थान गरेको छ । त्रियुगा नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर  भुकम्प प्रभावित जाजरकोटका लागि जान लागेको हो ।

नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत  विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको हो । <span;>यस अघि नगरपालिकाले भुकम्प प्रभावित जाजरकोटका लागि राहतको लागि आव्हान गरेको थियो ।

नगरपालिकाले ३ लाख ८३ हजार ५ सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार ४ सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९ सय ६५ रुपैया बराबरको २ सय ९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सय बराबरको २ सय थान ब्लान्केट, १ लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको ४ थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, १ लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि सहितका राहत सामाग्री सहयोग गरिएको नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।

राहात सामाग्रीको लागि त्रियुगा त्रियुगा उद्योग बाणिज्य संघले १ लाख बराबरको सहयोग र त्रियुगा मेडिकल र नगर स्वास्थ्य शाखाबाट औषधिहरु उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताए ।

यता ओरेक नेपालले १२ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट किरशोरीहरुको लागि जामा उपलब्ध गराएको छ । त्यसैगरी पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्याक सुट उलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

रागत सामाग्री लिएर जानू पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख बस्नेतले प्रकोपले पुर्‍याएको सङ्कटका घडीमा भूकम्प पीडतका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन जान लागेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry