उदयपुर । गत मंसिर ९ गते शनिबार भएको बस दुर्घटनामा परि घाइते भएका हरुलाई भेट्न त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत उनिहरुको घर र उपचाररत अस्पताल पुगेका छन ।
बस दुर्घटनाबाट घाइते भएर उपचार गराई रहेकाहरुलाई बिराटनगर स्थित न्युरो अस्पताल पुगेर र सामान्य उपचार पछि घर फर्किएकाहरुलाई उनिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।
त्रियुगा नगरपालिका वडा नं ५ मा संचालित अन्नपूर्ण इङ्लिश बोर्डिङ स्कुलको बस उदयपुरको उदयपुरगढी गाउँपालिका ७ स्थित जोगिटोलमा दुर्घटना हुँदा बसमा सवार त्रियुगा नगरपलिका ६ स्कुल टोलका ३ जनाको मृत्यु संगै ३५ जना घाइते भएका थिए ।
बस दुर्घटनाबाट गम्भीर घाइते भएका १५ जनालाई जिल्ला अस्पतालमा उपचार नभए पछि बिराटनगर स्थित न्युरो अस्पताल रिफर गरिएको थियो । बिराटनगर रिफर गरेका मध्य केहीको उपचार पश्चात घर पठाइएको छ भने केहीको आइसियुमा उपचार भइरहेको छ ।
आइसियुमा उपचार गराईरहेकाको स्वास्थ्य अवस्था बुझ्न मेयर बस्नेत न्युरो अस्पताल पुगेका हुन । उनले घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिए सँगै न्युरो अस्पताल व्यवस्थापन सँग छलफल गरि घाइतेको उपचारमा सहयोग गरिदिन आग्रह समेत गरेका छन ।