उदयपुरको त्रियुगा नगरपालिकाले मनायो विश्व माटो दिवस

Logo
मंगलबार, मंसिर १९, २०८०

उदयपुर ।  ‘‘माटो र पानी जीवनको थालनी ’’  भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ  विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यबसायीका कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्‍याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए । नगरपालिकाले यस अघि व्यबसायीका कृषि गर्दै आएका १ सय कृषकको खेतीमा पुगेर माटो परिक्षण गरेको थियो । माटो चेक गराएका १ सय कृषकलाई आज ‘सोयल हेक्थ कार्ड’ (माटो सम्बन्धी जानकारी सहितको पत्र) वितरण गरिएको थियो।

र्‍याली पछि त्रियुगा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कृषकहरुलाई सम्धोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित किसान र सरोकार वालालाई आग्रह गरे ।

कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नु पर्ने उनले धारणा राखेका थिए ।

 

अहिले रासायनिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएकाले सम्पूर्ण सरोकारवाला र कृषकलाई एकताबद्ध बनाएर जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस नगरपालिकामा मनाउन सुरु गरिएको मेयर बस्नेतले बताए ।

माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ देखि आजको दिनलाई विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा त्रियुगा नगरपालिकाले पनि आज मङ्सिर १९ गते ‘‘माटो र पानी जीवनको थालनी ’’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाएको छ  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry