जिल्ला अस्पतालमा त्रियुगा नगर रेडक्रसको जन सम्पर्क कार्यलय

Logo
बिहिबार, मंसिर २८, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले जिल्ला अस्पताल बोक्सेमा हेल्प डेस्क अर्थात बिरामी सहायता कक्ष स्थापना गरेको छ ।  नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाले आफ्नो जनसम्पर्क कार्यालय स्थापना गरेको हो ।

बुधबार जिल्ला अस्पतालमा जनसम्पर्क कार्यालयको औपचारिक रुपमा प्रारम्भ गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर र यहाँ उपचार गर्न आउने विरामीकालागि रगतको अभाव हुन नदिन बल्ड बैंक सहितको सेवा उपलब्ध गराउन जन सम्पर्क कार्यालय संचालन गरिएको बताए ।

नगर प्रमुख बस्नेतले त्रियुगा नगरपालिका सधै जनताको स्वास्थ्यमा संवेदनशील रहेको र हरेक नागरिकले सहज रुपमा स्वास्थ्य उपचार पाउन पर्नेमा आफू लागि परेको बताए ।

उदयपुर जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ज्ञानेन्द्र झाले उदयपुर जिल्ला अस्पताल कोशी प्रदेशकै उत्कृष्ट अस्पतालमा परेकोले अस्पतालको थप सेवा सुविधा तथा पूर्वाधार तयार पार्ने काममा रेडक्रसको ब्लड बैंक र जनसम्पर्क कार्यालयले पनि ठूलो मद्दत गर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाका सभापति अमृत हमालको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रस जिल्लाका पदाधिकारी तथा नगर शाखाका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry