उदयपुर । त्रियुगा नगरपालिकाले नगर भरिका आँखाका बिरामीहरुको निशुल्क उपचार गरिदिने भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहान संगको सहकार्यमा नगरपालिकाले आँखाका बिरामीहरुको निशुल्क उपचार गरिदिने भएको हो ।
जिल्लामा आँखा उपचारका लागि कुनै व्यवस्था नभएका कारण लाहानको आँखा अस्पताल सँग समन्वय गरि उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख बस्नेतले बताए ।
नगर प्रमुख बस्नेतका अनुसार नगरपालिका भरिका सम्पुर्ण वडामा बार्षिक रुपमा घुम्ती शिविरको आयोजना गर्ने र आँखाका विरामीहरुको निशुल्क उपचार तथा शल्यक्रिया समेत गर्ने गरि अस्पताल सँग सहमति भएको छ ।
सगरमाथा आँखा अस्पतालले उदयपुरको सदरमुकाम गाईघाटमा विशेष किसिमको सेवा निरन्तर दिराख्ने गरि समेत सहमति भएको जनाइएको छ ।