गाईघाट। वैदेशिक रोजगारी तथा सुरक्षित आप्रवासन (सामी) परियोजना संन्चालित उदयपुरको त्रियुगा नगरपालिकामा आज पत्रकारहरु संग अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक सहयोगमा नेपाल सरकार स्थानिय तह संग सहकार्यमा संचालन हुने यस सामी) परियोजना उदयपुरका चार नगर तथा गाउँपालिकामा संन्चालन भइरहेको छ । जसमध्य त्रियुगा नगरपालिकामा परियोजना अन्तर्गत हालसम्म यस कार्यक्रमले जनमासमा पारेको प्रभाव,वैदेशिक रोजगारी गइ समस्यामा परेकाहरुलाई पुर्याएको सहयोगका बारेमा पत्रकारहरु संग छलफल गरिएको हो ।
बुधबार पत्रकार सम्मेलन गरि ‘स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाऔ’ भन्ने भनाई सँगै चालु आ.व २०७९/८० को वार्षिक प्रगती प्रतिवेदन तथा सरोकार वालासंग कार्यक्रमको दिगोपनाको विषयमा छलफल गरिएको हो । कार्यक्रमलाई सहजीकरण गर्नु हुदै सामी परियोजनाक संयोजक बिजना बस्नेतले वैदेशिक रोजगारीलाई लाई प्रभाव पार्ने तत्वहरू, देशको वैदेशिक रोजगारीको समग्र अवस्था, वैदेशिक रोजगारीमा जाने समयमा र गईसकेपछाडी आइपर्ने चुनौतिहरु र सुरक्षित आप्रवासनले यसवारे गर्दै आईरहेका विभिन्न कार्यक्रमका विवरणहरु प्रस्तुत गरेकी थिइन ।
यस्तै बैदेशिक रोजगारलाई सम्मानित र मर्यादित बनाउन पत्रकारहरुले खेल्नु पर्ने भूमिका र लेख्नु पर्ने बिषयबस्तुको बारेमा बरिष्ठ पत्रकार कौशल चेमजोङले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले बैदेशिक रोजगारी अहिले नेपाली समाजको संस्कृति जस्तो बन्दै गएकोले यसलाई निरुत्साहित गर्दै स्वदेशमा रोजगारीको वाताबरण सिर्जना गर्न सरकार तत्पर हुन पर्ने बताए।
अरवौं नागरिक भएको भारतका जनताले नेपालमा रोजगारी गरेर खर्वौ रकम लागिरहेको उल्लेख गर्दै नेपालको जनशक्तिलाई त्यहि काममा सिप सिकाएर कामको सम्मान गर्दै लगाए युवा हरुले विदेश जान नपर्ने धाराणा नगर प्रमुख बस्नेतले राखेका थिए । वैदेशिक रोजगारीमा जानै पर्ने भए पनि सुरक्षित तवरबाट सिप र ज्ञान सिकेर मात्र जान उनले सुझाव दिए। बैदेशिक रोजगारीमा जाने वेला श्रम स्वीकृति लिएर मात्र नजादा धेरै व्यक्तिहरु ठगिएको र अलपत्र परेका घटनाहरुलाई स्मरण गर्दै उनले यस्ता घटनाहरुलाई कम गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएका कराँ सम्पूर्ण पत्रकार हरुलाई यस बिषयमा कलम चलाउन आग्रह समेत गरेका छन।