त्रियुगामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम माघ १ बाट लागू हुने

Logo
सोमबार, पुष २३, २०८०

उदयपुर । त्रियुगा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गता न्यूनीकरण एवम अपाङ्गता भएका सहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनका लागि नगरपालिका र करुणा फाउण्डेसन संस्थाबीच सम्झौता भएको हो ।

कोशी प्रदेश सरकार, त्रियुगा नगरपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट ०८३ पुस मसान्तसम्म लागु हुने जनाइएको छ । यस बिचमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

अब पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परामर्श तथा सेवा प्रवाहमा सहजिकरण गर्नका लागि मन्त्रलायले जारी गरेको सहजकर्ता छनोट सम्बन्धी मार्गदर्शन, २०७९ बमोजिम प्रक्रिया पुरा गरी अपाङ्गता सहायता सहजकर्ता नियुक्ति गर्नेछ ।

नियुक्त भएका सहजर्तालाई आवश्यक तालिम प्रदान गरेर पालिकाभित्र भएका अपाङ्गताको तथ्याङ्क सङ्लकन देखि उनीहरुको अवस्था बुझ्ने काम गरिने नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए । नगर प्रमुख बस्नेतका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको अवस्था हेरेर उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सामाजीकीकरण लगायत सुधार गरेर उनीहरुलाई सशक्त बनाइने योजना रहेको छ ।

कार्यक्रम सम्झौतासँगै कार्यक्रम सम्बन्धी अभिमुखीकरण समेत गरिएको छ । नगर प्रमुख वसन्त बस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार प्रमुख अतिथि र नगर उपप्रमुख महेश्वरी राईको विशिष्ट अतिथि रहेका थिए । यस्तै अन्य जनप्रतिनिधि वडा अध्यक्षहरु, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry