चौदण्डीमा जंगली हात्ती गाउँ पस्दा लाखौको क्षेती

Logo
शनिबार, माघ १३, २०८०

बेल्टार। जंगली हात्ती गाउँमा प्रवेश गरे पछि उदयपुरको चौदण्डीगढी नगरपालिकाका विभिन्न वडामा लाखौको क्षेती गरेको छ । बुधबार राती १० बजे गाउँ निक्लिएका हात्तीले वडाको बिभिन्न ठाउँमा घर साथै संरचना भत्काएर क्षेती गराएका हुन ।

हरेक बर्ष जाडो सिजनमा जंगली हात्तीले उदयपुरका विभिन्न ठाउँमा दु:ख दिने देखी मानवीय क्षती सम्मको घटना घटाउने गरेका छन ।

बुधबार राती चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा देखा परेको जंगली हात्तीले बिद्यालयको पर्खाल देखी स्थानीयको घर भत्काउने र अन्नपात नष्ट गरेर बितण्डा मच्चाएको स्थानीयले बताएका छन ।

चौदण्डीगढी नगरपालिका प्रवेश गरेको हात्तीले वडा नम्बर ५ स्थित सुन्दरपुरका नीर बहादुर थापाको टिनले छाएको बाँसको टाटीले बनेको  घरको टाटी भत्काएर खाद्यान्न समेत नष्ट गरिदिँदा अन्दाजी २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीले सोही स्थानका बिर्ख बहादुर खड्काको टिनको छानो बाँसको टाटी लगाएको घर भत्काएर अन्नपात नष्ट गरिदिँदा अन्दाजी २० हजार, वडा नम्बर ५ शिवाई स्थित गणेश बस्नेतको भान्सा भत्काउ अन्दाजी १० हजार, सोही ठाउँका उद्धव पोखरेलको पनि भान्सा भत्काउदा २० हजार बराबरको क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

सोही दिन राती शिवाई स्थित माध्यमिक विधालयमा शिवाईको पर्खाल जंगली हात्तीले भत्काई दिएको छ उक्त पर्खाल भत्काई दिंदा विधालयको करिव ५० हजार बराबरको क्षती पुगेको विधालयमा प्रध्यानाध्यापक दिनेश ढुंगानाले जानकारी दिनु भयो ।

सोही रात हात्तीले चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ बेल्हाका छेव नारायण चौधरीको टिन र बाँसले बनेको घर भत्काउदा करिव २० हजार बराबरको क्षती पुगेको र वडा नम्बर ६ का रत्न बहादुर कार्कीको घरको बेरा भत्काएको स्थानीयले बताए ।

राती गाउँ प्रवेश गरेको हात्ती वडा नं २ -४ हुँदै बेलका तर्फ प्रवेश गरेको स्थानीयले बताए । हात्ती पुन: गाउँ छिरेर कुनैपनि बेला क्षेती पुर्याउने भन्दै स्थानीय त्रसित छन । अहिलेसम्म मानवीय क्षेती नगराएका हात्तीले रातको समयमा आएर घर भत्काउने तथा अन्य संरचना भत्काउदा मानवीय क्षेती समेत हुने हुँदा सजग रहन स्थानीय प्रशासनले सम्पूर्णमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry