त्रियुगा नगरपालिकाको दुई दिने प्रजनन स्वास्थ्य शिविरबाट ५ सय ४० लाभान्वित

Logo
आइतबार, माघ २१, २०८०

उदयपुर  । उदयपुरको त्रियुगा नगरपालिकामा सञ्चालन गरिएको २ दिने प्रजनन स्वास्थ्य शिविरमा ५ सय ४० महिला लाभान्वित भएका छन्। त्रियुगा नगरपालिका  वडा नम्बर ५ स्थित देउरी स्वास्थ्य चौकीमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र कार्कीका अनुसार शिविरमा ३ सय १८ जना महिलाको एसेटिक एसिडको भिजुअल (VIA) परीक्षण गरिएको छ। पाठेघर सम्बन्धी चेकजाँच भिआइए सेवाबाट २५ जनालाई पाठेघरको मुखको क्यान्सरको समस्या देखिन सक्ने भनेर पहिचान भएका छन भने आङ खस्ने समस्या भएका २८ महिलाको पहिचान भएको छ ।

पाठेघर खसेका १९ महिलाहरुको आधुनिक प्रविधिबाट रिङ पेसरी राख्ने काम भएको छ भने ९ जनालाई शल्यक्रिया गर्न पर्ने गरि छनोट भएका छन । भिआइए परिक्षण गरि पोजेटिभ देखिएका २५ जनालाई थर्मोकोगुलेशन द्वारा उपचार गरिएको स्वास्थ्य शाखाका प्रमुख कार्कीले बताए ।

त्रियुगा नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी स्त्री रोग विशेषज्ञ डाक्टरद्वारा आंङ खस्ने, पिसाव चुहिने, सेतो पानी बग्ने, गर्भ नरहने, महिनावारी गडबडी, पिसाबपोल्ने, तल्लो पेट दुख्ने जस्ता महिलाहरूका प्रजनन स्वास्थ्य सम्बन्धी स्वास्थ्य चेकजाँच तथा सचेतना र परामर्श दिइएको थियो ।

गाउँका  महिलाहरूमा स्वास्थ्य सेवाको अभाव र स्वास्थ्य शिक्षाको कमीका कारण विभिन्न प्रकारका प्रजनन सम्बन्धी रोगहरू पालेर बस्न पर्ने र रोगले पछि ठुलो रुप लिए पछि मात्र जानकारी हुँदा उपचारमा समस्या आउने कुरालाई मध्य नजर गर्दै डाक्टरहरुलाई समुदायमा बोलाएर महिला स्वास्थ्य स्वयम सेविका समेतको परामर्शमा प्रजनन सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरिएको नगर प्रमुख वसन्त बस्नेतले बताए ।

महिलाहरुले आफूमा भएका समस्या भन्न लजाउने गरेकाले सचेतना जगाउने र घरदैलोमै विशेष डा. ल्याएर उपचार सेवा उपलब्ध गराउँदा स्थानीय महिलाहरुलाई जाँच गर्न सहज हुने भएकाले शिविर आयोजना गरिएको उनले बताए ।

नगर प्रमुख बस्नेतका अनुसार पालिकाले आँखा, हाइड्रोशिल, रक्तचाप, मधुमेह, तथा मृगौला लगायतका स्वास्थ्य सम्बन्धी शिविरहरु सञ्चालन गरिरहेको र थप शिविर संचालनका लागि देशका उत्कृष्ट अस्पतालहरु संग कुरा कानी भई रहेको छ।

महिलाहरू प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्य बोझ, खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाहरुमा प्रजनन सम्बन्धि समस्या देखिने गरेको उप प्रमुख महेश्वरी राइले बताइन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry