उदयपुर । त्रियुगा उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको “दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगा” मा दर्शकहरुलाई प्याकेजमा मनोरञ्जन दिने भएको छ । “धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, वढाउ उद्योग, व्यापार, कृषि र पर्यटन” भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सवमा मनोरञ्जन लिन आउने दर्शकलाई प्याकेजमा मनोरञ्जन दिने भएको हो ।
बिशेष गरि व्यापार र पर्यटनलाई बढावा दिने उदेश्यले आयोजना गरिएको महोत्सवमा आउने दर्शकलाई मनोरञ्जन दिन राष्ट्रिय कलाकारका साथमा सांगीतिक मनोरञ्जनका साथै प्याराग्लाईडिङ उडान, सुनकोशी नदिमा र्याफ्टिङ र विभिन्न सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको प्याकेजमा भ्रमण गराउने भएको छ ।
त्रियुगा नगरपालिका वडा नं १३ स्थित बरुवा बसपार्कमा फल्गुण १ गते देखि १० गते सम्म संचालन हुने महोत्सवमा फल्गुण ४ गते सम्पुर्ण बिद्यालयका विद्यार्थीलाई बोलाएर जिल्ला प्रहरी कार्यलयले संचालन गर्दै आएको “I dare no drugs campaign” लागू औषध दुर्व्यवसनी विरुद्धको सचेतनात्मक कार्यक्रम समेत गरिने भएको छ ।
१० दिन सम्म संचालन हुने महोत्सवमा १ लाख बढि आन्तरिक तथा वाहर्य पर्यटक भित्र्याउने योजना सहित करिव डेढ करोड बढिको आर्थिक कारोबार गरिने लक्ष्य राखिएको आयोजकले जनाएका छन ।
महोत्सवमा स्थानिय कृषि, घरेलु तथा साना उद्यमीहरुको प्रदर्शनी, विभिन्न जातिय परिकारहरुको प्रदर्शनी तथा विक्रि, विभिन्न जातजातीहरुको सास्कृतिक प्रस्तुती, स्थानिय उत्पादनहरुको व्यवसायीक प्रबद्र्धन गर्नका निमित्त नि:शुल्क स्टलहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।