साहसिक खेल प्याराग्लाईडिङ, र्‍याफटिङ र साईक्लिङमा अन्तर्राष्ट्रिय खेलाडिको पहिलो रोजाई बन्दै उदयपुर

Logo
बिहिबार, माघ २५, २०८०

उदयपुर । साहासिक खेलको रुपमा परिचित साईक्लिङ, प्याराग्लाईडिङ र र्‍याफटिङ खेलका लागि उदयपुर अन्तर्राष्ट्रिय खेलाडीहरुको गन्तव्यको स्थान बन्दै गएको छ । बिश्वका १० उत्कृष्ट स्थान मध्य एकमा पर्ने सुनकोसी नदिमा र्‍याफटिङ, उदयपुरका विभिन्न स्थानमा प्याराग्लाडिङ र साइक्लिङका लागि उत्कृष्ट स्थान उदयपुर भएकाले अहिले यी खेलमा चासो राख्ने बिदेशी खेलाडीहरुको गन्तव्य उदयपुर बन्दै गएको हो ।

कम जोखिममा आकर्षक दृश्यावलोकन गर्दै जिल्लाका विभिन्न स्थान बाट प्याराग्लाडिङ उडान परिक्षण सफल भएको, बिश्वको उत्कृष्ट मध्य एक र्‍याफटिङका लागि स्थान भएको र साईक्लिङका लागि पनि अत्यन्तै राम्रो भौगोलिक बनावट भएका कारण उदयपुर बिदेशी खेलाडीहरुको रोजाईको ठाउँ बन्दै गएको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताउनु भयो ।

दुई दशक देखि तराई देखि हिमाल पहाडमा साईक्लिङ गर्दै र गराउदै आएका अस्ट्रेलियन खेलाडी जेनी कन्ट र सन्तोष राई बुधबार उदयपुरको सदरमुकाम गाईघाट आएर त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतलाई भेट गरि उदयपुर र त्रियुगा नगरपालिका पर्यटन खेलको रुपमा लिईने साईक्लिङको राम्रो सम्भावना रहेकाले आफुहरु यहाँ विभिन्न प्रतियोगिताको आयोजना गरि यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने कुरा सुनाए ।

यस अघि उदयपुरमा प्याराग्लाईडिङ कक्षा लिन र उडाउन नेदरल्यान्डका खेलाडी पनि उदयपुर आएका छन । उदयपुरको विभिन्न स्थानमा गरिएका प्याराग्लाईडिङ परिक्षण उडानलाई नियालेका नेदरल्यान्डका ती खेलाडीको साथमा अरु आधा दर्जन बिदेशी खेलाडी पनि आउने उनले बताए । ती खेलाडीका अनुसार उदयपुरमा प्याराग्लाईडिङ उडानका लागि गरिएका सबै परिक्षण उडान सफल भएका छन र यहाँको जोखिम पनि कम पाईएको छ र दृश्यावलोकन गर्न पनि अन्य स्थानको तुलनामा राम्रो छ ।

प्याराग्लाईडिङ उडान गर्दै एकै पटकमा बिश्वको शिखर सगरमाथा देखि तराईका फाँट र भारतका विभिन्न भु-भागको दृश्यावलोकन गर्न सकिने ठाउँ भएकाले पनि बिदेशी खेलाडीहरुले उदयपुरलाई साहासिक खेलका लागि आफ्नो पहिलो रोजाईमा पार्ने गरेको सल्लाहकार रोईला बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry