गाईघाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधिहरुले संबिधान पढेर र बुझेर मात्र काम गर्नु पर्ने बताउनु भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले मङलबार आयोजना गरेको दोस्रो प्रदेश महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार संविधानको अक्षरस पालन गरेर बनेको भएकाले यसको अस्थीरताको पछि नलागी संबिधान पढेर र बुझेर मात्र काम गर्न सुझाब दिनु भयो।
कोशी प्रदेशका जनताले मध्यावधी चुनाव नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जनताले विकास चाहेको उल्लेख गर्नु भयो । आफू क्रमभंग गरेर मुख्यमन्त्री भएकाले प्रदेशको बिकासमा पनि क्रम भंग गरेर भौतिक बिकास भन्दा मानवीय बिकास लाई प्राथमिकता दिने उहाँले बताउनु भयो।
सबै लाई भौतिक बिकास बाटो मन्दिर चाहिएको छ, माग्न आउनु हुन्छ, बालबालिका र समाजको लागि कोही कसैले नसोचेको गुनासो गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दिगो विकासका लागि पहिले मामानवीय विकासमा जोड दिएर दक्ष जनशक्ति निर्माण गरेर मात्र भौतिक बिकासका काम गर्दा दिगो विकासको लक्ष्यलाई भेटाउने र रोजगारी पनि सिर्जना हुने बताउनु भयो ।
आफ्नो अगाडिको बाटो नबन्दा व्यक्तिगत स्वार्थमा विकाशै भएन भनेर प्रचार गर्ने र आफ्नो छोरो भतिजोले जागिर नपाए रोजगारी सिर्जना गर्न नसकेको र विकाश हुन नसकेको भनेर एकथरिले भ्रम फैलाइ रहेको उहाँले बताउनु भयो । “सरकारले कसैको कुल मन्दिर र घर अगाडिको बाटो नबनाएर पर्यटन प्रवर्धन गर्ने स्थलका मन्दिर निर्माण गर्ने र ठुला विकासका योजनामा मात्र लगानी गर्नेछ।” सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले भन्नु भयो , “दक्ष जनशक्ति उत्पादनकालागि प्रदेश सरकारले लगनशील र गरिव बिद्यार्थीलाई नि:शुल्क पढ्ने व्यबस्था गरेको छ।”
यस्तै प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले स्थानीय सरकार सँग समन्वय गरि कृषिलाई आधुनिकी करण र यन्त्री करण गर्दै उद्योगी व्यासायीहरुको समन्वयमा बजारीकरण गर्दै लैजाने बताउनु भयो। यता त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले महोत्सव मनोरन्जन लिन र दिन मात्र नभएर स्थानीय उत्पादनलाई राष्ट्रिय कारण गर्न र कृषि पर्यटन जस्ता व्यवसायको प्रवर्धन गर्न आयोजना गरिएको बताउनु भयो। “स्थानीय सरकारको समन्वय र निजी क्षेत्र उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा मनोरन्जन लिन र दिन मात्र हैन यहाँको कृषि, पर्यटन, कला संस्कृति जस्ता सम्पूर्ण बिषयलाई उजागर गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।” मेयर बस्नेतले भन्नु भयो ।