गाईघाट । उदयपुरमा प्रदेश महोत्सवको दोस्रो संस्करणको दोस्रो दिन सकिएको छ । त्रियुगा उद्योग बाणीज्य संघको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्य एवम समन्वयमा शुरु भएको महोत्सव भव्यताका साथ दोस्रो दिन सकिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेको महोत्सवमा मनोरंजन र अवलोकन गर्नका लागि विभिन्न टिकटहरुको व्यवस्था गरिएको छ । सामान्य टिकट १०० रुपैयाँ हरेक दिन निर्धारण गरिएको छ भने सर्वसाधरणलाई लक्षित गरी ३०० रुपैयाँमा १० दिन प्रवेश गर्न सकिने टिकटसमेत व्यवस्था गरिएको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले जानकारी दिनुभयो ।
अध्यक्ष रसाईलीका अनुसार उक्त टिकट महोत्सव लागेको स्थानमा गएर जतिबेला सुकै लिन सकिने छ । महोत्सव अवलोकन गर्न र मनोरंजन लिन आउने दर्शकलाई विभिन्न प्याकेजमा प्याराग्लाइडिङ देखी सुनकोशी नदीमा र्याफ्टिङको व्यबस्था गरिएको । महोत्सवमा एक लाखबढी सर्वसाधरणलाई प्रत्यक्ष अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।