शिवाई बेल्हा जोड्ने पुलमा अस्थाई संरचना बनाउन नगरपालिका तयार

Logo
अन्जनी कुमार अधिकारी सोमबार, फाल्गुण २१, २०८०

बेल्टार । चौदण्डीगढी नगरपालिका वडा नम्बर ५, ९ र १० का गाउँ बस्तिलाई नगरपालिकाको प्रशासनीक केन्द्र सँग जोड्ने त्रियुगा नदीको पुलमा अस्थाई संरचना बनाउन चौदण्डीगढी  नगरपालिकाले अग्रसरता देखाएको छ । आइतबार नगर प्रमुख कालुमान लामाले स्थानीय दलका प्रतिनिधि, संचारकर्मी लगायतसंग छलफल तथा अन्तरक्रिया गरेर त्रियुगा नदीको शिवाई बेल्हा जोड्ने पुलमा अस्थाई संरचना बनाउन अग्रसरता देखाएको हो ।

छलफलमा सहभागीहरुले बर्षाको समयमा नगरको वडा नम्बर ५, ९ र १० का स्थानीय जनताले जोखिम युक्त यात्रा गर्नु पर्ने भन्दै राज्यले लिएको  गाउँ गाउँमा सिंहदरबारको रणनीति सो स्थानका जनताले महसुस गर्न नसको हुँदा तत्काल उक्त पुलमा केही बिकल्प सहित वारिपारिको समस्या समाधान गर्नु पर्ने  सुझाव दिए ।

छलफलमा नगरपालिकाको प्राबिधिक शाखाले भत्किएको पुलमा अस्थाई संरचना बनाउन  तत्काल स्टिमेट समेत तयार गर्ने प्रक्रिया अघि बढाउने र सोकुराको जानकारी सरोकारवाला निकाय, संघीय सरकारलाई समेत गराउने छलफलले निस्कर्ष निकालेको छ । छलफलले भविश्यमा हुन सक्ने कानुनी अप्ठ्यारोलाई सहज गर्न सबै खाले बिकल्प अवलम्बन गर्ने र तत्काल शिवाई बेल्हा जोड्ने पुलमा अस्थाई संरचना बनाउन सुरु गर्ने समेत निर्णय गरेको छ ।

छलफलमा बोल्दै नगर प्रमुख कालुमान लामाले संघीय सरकारले पुल निमार्ण गर्न नसक्ने भनी लिखित रुपमा स्थानीय सरकारलाई पहुँच मार्ग बनाउदा हुन्छ भन्ने आशयको प्रतिउत्तर दिएमा स्थानीय सरकारले आफ्नो गच्छे अनुसारको पहुँच मार्ग बनाउन तयार रहेको बताए ।

आइतबार भएको छलफलमा पुर्व नगर प्रमुख खगेन्द्र राई , नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा अध्यक्षहरु तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यबहाक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश बिष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्री लगायतको उपस्थिती रहेको थियो ।

छलफलमा नगर प्रमुख कालुमान लामाले नगरपालिकाले बिभिन्न मन्त्रालयमा यस अघि पेश गरेको योजनाहरुको बारेमा ब्रिफिङ्ग गर्दै उक्त सबै योजना संघीय सरकारबाट प्राप्त गर्न सबैले साथ सहयोग दिन आग्रह गर्नु भएको थियो ।

त्रियुगा पुल २०६६ सालमा शिलान्यास भई २०७७–०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो। तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पान भत्किएर खोलामा झरेपछि पुल अलपत्र अवस्थामा छ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेशसँग जोड्ने गर्दछ। साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ–जाउ गर्न समस्या भएको छ।

पुल नबन्दा सर्पदंशलगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले पटक पटक संघिय सरकार सँग माग गरेका थिए यद्धपि पुल बन्ने लक्षण देखा नापरेपछी नगरपालिका आफै अग्रसर भएको हो ।

बाढीले क्षति पुगेको पुलमा २५–२५ मिटरका १२ स्पान छन । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ। पुलको निर्माण महालक्ष्मी–लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो। पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry