मलेसियामा रहेका व्यवसायीलाई मेयर बस्नेतको आग्रह त्रियुगामा आएर लगानी गर्नुस सुरक्षित लगानीको ग्यारेन्टी स्थानीय सरकारले दिन्छ

वैदेशिक रोजगारीमा रहेकाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न मेयर बस्नेतको आग्रह
Logo
खेमराज दाहाल सोमबार, फाल्गुण २८, २०८०

मलेसिया । मलेसियामा रहेका व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले आग्रह गरेका छन ।

थारु कल्याणकारीणी सभा मलेसियाले आयोजना गरेको ८ औं बार्षिक उत्सव कार्यक्रममा मलेसिया पुगेका मेयर बस्नेतले मलेसिया लगायत अन्य देशमा रहेका व्यवसायीहरुलाई नेपाल त्यो पनि त्रियुगामा आएर लगानी गर्न आग्रह गरेका हुन ।

त्रियुगा नगरपालिकामा अथाह सम्भावना रहेको बताउदै मेयर बस्नेतले लगानी गरे कतै नडुब्ने दावी गरे । उनले भने, “त्रियुगा नगरपालिका दुई वटा राष्ट्रिय राजमार्गले काटेको छ । मदन भण्डारी राजमार्गमा दैनिक ५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन । ती सवै सवारीसाधनलाई रोकाएर केही न केही खरिद बिक्रि गर्ने वातावरण बनाए हजारौं व्यवसाय चल्छ र हजारौं रोजगारी सिर्जना हुन्छ ।”

हामी आफू लगानी नगर्ने खाली सरकारको मात्र मुख ताक्ने भएकोले पनि कतिपय समस्याको समाधान हुन नसकेको मेयर बस्नेतको भनाई थियो । “संसारको कुनै पनि देशको सरकारले मात्र शतप्रतिशत नागरिकलाई रोजगारी दिन सक्दैन निजिक्षेत्र र सरकार दुवैको प्रयासले मात्र हो रोजगारीको सिर्जना गर्ने ।” मेयर बस्नेतले भने ।

वैदेशिक रोजगारीमा आउने युवाहरुले वैदेशिक रोजगारी बाट कमाएको आधा पैसालाई मात्र उत्पादीत क्षेत्रमा लगानी गर्न सके देशले एकै बर्षमा ५० औं हजार रोजगारी सिर्जना गर्न सकिने मेयर बस्नेतको भनाई थियो । वैदेशिक रोजगारीबाट कमाएको पैसा प्राय अनुत्पादिक क्षेत्रमा लगानी भैरहेकाले व्यपार व्यवसाय बढ्न नसकेकाले रोजगारी सिर्जना हुन नसकेको मेयर बस्नेतले धारणा राखे ।

त्रियुगा नगरपालिकाले बैदेशिक रोजगारबाट सिप लिएर आएकालाई पुँजीको वातावरण र सीप र पूँजी दुवै लिएर आएकालाई लगानीको वातावरण बनायर समाजमा स्थापित गराउदै नेतृत्व बिकाश देखि उद्यमशील बनाउने गरि  विभिन्न कार्यक्रम मार्फत पहल गरिरहेको मेयर बस्नेतले बताए।

नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम मार्फत बैदेशिक रोजगार बाट फर्किएका हरुको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गर्दै आएको मेयर बस्नेतले बताए ।

मलेसिया लगायत अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरुको सिप, दक्षता, अनुभव र पूँजीलाई उपयोग गरि उद्यमशील बनाउदै रोजगारीको सिर्जना गरि अन्यलाई समेत बैदेशिक रोजगारीमा जाने नपर्ने अवस्थाको सिर्जना गर्न आफु  लागि परेको र यहाँ व्यवसाय गर्दै आएका तपाईहरुको सहयोग पाए आफुले यो आफ्नो योजनालाई सफल बनाएर छाड्ने मेयर बस्नेतले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry