त्रियुगा रिङ्गरोडको काम आज बाट सुरुवात

Logo
शनिबार, चैत्र ०३, २०८०

उदयपुर।  त्रियुगा नगरपालिका भित्रका मुख्य सडक र राजमार्गलाई विभिन्न वस्तीसँग जोड्ने योजना सहितको त्रियुगा रिङरोड ( लिङ्करोड) को आज शिलान्यास गरिएको छ । त्रियुगा उपत्यकाका विभिन्न वस्तीहरुलाई मुख्य सडक र राजमार्गसँग जोड्ने योजना अनुसार त्रियुगा नगरपालिकाको वडा नं १ पूर्वटोलमा आज एक कार्यक्रम गर्दै शिलान्यास गरिएको हो । रिङरोड ( लिङ्करोड) को त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गरेका हुन ।

त्रियुगा उपत्यका १ देखी वडा नं १३ सम्मका सम्पूर्ण वस्तीहरुलाई मुख्यसडक र राजमार्गसँग जोड्नका लागि त्रियुगा रिङरोड ( लिङ्करोड) को अवधाराणा ल्याएर योजना बनाई काम शुरु गरिएको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो । यस अघि जोगीदहका लागि रिङरोडको शिलान्यास गरि सकेको भएकाले समग्र १३ वटा वडालाई पुर्याउने गरि त्रियुगा रिङरोड ( लिङ्करोड) को आज शिलान्यास गरिएको मेयर बस्नेतले बताउनु भयो।

जम्मा त्रियुगा उपत्यकामा रिङरोड ( लिङ्करोड) ५२ किलोमिटरको हुने र यो त्रियुगा नगरपालिकाको विकासको कडी भएको नगर प्रमुख बस्नेतले उल्लेख गर्नुभयो । नगर प्रमुख बस्नेतका अनुसार यस बर्ष १ दशमलब ५ किलोमिटर सडक कालोपत्रे हुने छ । संघिय र प्रदेश सरकारसँग हार गुहार गर्दा पैसा धेरै नपरेको भए पनि योजना पार्न सफल भएकोमा खुसि व्यक्त गर्दै अर्को आर्थिक बर्षमा १० देखि १५ किलोमिटर कालोपत्रे हुने गरि बजेट व्यबस्थामा लाग्ने प्रमुख बस्नेतको भनाई छ ।

त्रियुगा नगरपालिका वडा नं १ रुपनीमा बन्न लागेको पहिलो फेजको त्रियुगा लिङ्करोड अन्तर्गतकै जोगीदह रिङरोडको ठेक्का न्यु चुरिया निर्माण सेवाले पाएको छ । १ करोड २९ लाखमा १ किलोमिटर कालोपत्रे गर्ने गरि न्यु चुरिया निर्माण सेवाले र ४० लाखमा ५ सय मिटर कालोपत्रे सडक निर्माण गर्ने गरि चन्दन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ।

लिंक रोडले पूर्णता पाए पछि सडक तथा राजमार्गमा ट्राफिक जाम पनि कम हुने र दुर्घटना समेत कम हुने मेयर बस्नेतले बताउनु भयो । लिङ्करोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने वडा अध्यक्ष मनोज चौधरीले बताउनु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry