गाईघाटमा प्रथम जुत्ता–चप्पल महोत्सव आज बाट शुरु

Logo
बुधबार, चैत्र ०७, २०८०

उदयपुर ।  उदयपुरको सदरमुकाम गाईघाटमा आजबाट प्रथम गाईघाट जुत्ता चप्पल महोत्सवको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले उद्घाटन गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्नु हुदै नगरप्रमुख बस्नेतले स्वदेशी उत्पादनको प्रयोगलाई बढाएर विदेशी उत्पादनलाई बजारबाट विस्थापन गर्दै लैजानु पर्ने बताउनु भयो ।

नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा आयोजित महोत्सवमा ५ ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन । नेपालमा उत्पादन हुने सबै जुत्ता चप्पल उद्योगका उत्पादनहरु एकै ठाउँमा बिक्री तथा प्रदर्शन गर्ने नीति अनुरुप महोत्सव आयोजना गरिएको छ ।

चैत्र ७ गते बुधबारबाट शुरु भएर महिना भरी संचालन हुने जुत्ता चप्पल महोत्सवमा ५० हजारले महोत्सव अवलोकन गर्ने र सो अवधिमा करीब ६० लाखको व्यापार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा करीब १५ सय जुत्ता चप्पल उद्योग रहेको नेपाली उत्पादनको बजार प्रवद्र्धन तथा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिन महोत्सवको आयोजना गरिएको जनाईएको छ । महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry