उदयपुर । सुनकोशी नदिले बगाउँदा तीन जना वालक बेपत्ता भएका छन । उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङमा पौडी खेल्न गएका तीन जनालाई दिउँसो २:३० बजेतिर नदिमा पौडी खेल्ने क्रममा बगाएको प्रहरीले जानकारी दिएको छ।
त्रियुगा नगर पापालिका १४ साउने वस्ने रुद्र पुलामिको छोरी अन्दाजी १२ बर्षिय रेखा मगर, सोही स्थान वस्ने केदार मगरको छोरा अन्दाजी वर्ष ९ बर्षिय को रिदम मगर र सोही स्थान वस्ने मेहरमान मगरको छोरा अन्दाजी १२ बर्षिय लोक ब. मगर बेपत्ता भएका छन ।
दिउँसो करिव साढे २ बजेको समयमा खोलामा पौडी खेल्न पुगेका वालवालीका खोलाले बगाएर बेपत्ता बनाए पछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । स्थानीयको खवर पछि उक्त स्थानमा प्रहरीको टोली पुगेर खोजी कार्यगरि रहेको प्रहरीले बताएको छ ।