त्रियुगा नगरपालिका द्वारा कृषकलाई कृषि औजार तथा कृषि सामाग्री निशुल्क वितरण

Logo
सोमबार, चैत्र १९, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले कृषकहरुलाई कृषीजन्य सामाग्री तथा औजार वितरण गरेको छ । कृषकहरुलाई ब्यावसायीक बनाउउने उदेश्यले कृषि सामाग्री तथा औजार वितरण गरिएको नगर प्रमुख वसन्त कुमार बस्नेतले  बताउनु भयो ।

नगरपालिकालाई तरकारीमा आत्म निर्भर बनाउने उदेश्य सहित नगरपालिकाका ब्यवसायीक कृषक समुहहरुलाई मिनिटिलर, प्लास्टिक टनेल, म्यानुअल स्प्रेयर, हजारीलगायत औंजार उपकरण तथा कृषि सामाग्रीहरु विभिन्न तरकारीका विउबिजन एक कार्यक्रम गर्दै नगर प्रमुख बस्नेत सहित उपप्रमुख महेश्वरी राई, र वडा अध्यक्षहरुले कृषकहरुलाई सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

कृषि सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख बस्नेतले नगरपालिकाले दिएका उपकरण र सामाग्री लिएर त्यसको भरपुर सदुपयोग गरि उपलब्धि देखाउन कृषकलाई आग्रह गर्नु भयो । कृषकहरु खाली अनुदान र सहयोग मात्र माग्ने तर त्यसको उपलब्धि नदेखिने हुँदा सरकारले गरेको लगानी खेर गै रहेको बताउदै जिम्मेवार भएर सरकारबाट लिएको सहयोग र अनुदानलाई सदुपयोग गरि कृषिमा आफू पनि र नगरपालिकालाई आत्मनिर्भर बनाउने गरि काम गर्न उहाँले आग्रह गर्नु भयो ।

नगरपालिकाले विभिन्न कृषक र कृषक समुहलाई २६ थान प्लास्टिक टनेल, २७ थान म्यानुअल स्प्रेयर, ५०० थान तरकारी मिनि कीट र १ हजार थान फलफुलका बिरुवा वितरण गरेको छ । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्य सहित अन्तर्राष्ट्रिय संस्था हेफर संगको सहकार्यमा गाउगाउँमा कृषक समूह बनाएर विभिन्न कृषि सम्बन्धि आधारसिला तालिम दिदै आएको छ ।

यस अगाडि नगरपालिकाले विभिन्न कृषक र कृषि समुहलाई पानी तान्ने मोटर, ट्याक्टर, अन्य आधुनिक औजार देखि कृषि सामाग्री, बीउ बिजन वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry