कोशी टप्पुमा जिप सफारीको सुरुवात

Logo
आइतबार, चैत्र २५, २०८०

उदयपुर । कोशी टप्पु बन्यजन्तु आरक्षमा जंगल सफारी हुने भएको छ ।  युवा व्यवसायी रमण भट्टराईले आरक्षमा सफारी गराउनु हुने भएको हो ।

बेलका नगरपालिका वडा नं ८ मा बेलका विच होटल संचालन गर्दै आएका भट्टराईले पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित व्यवसायीक  जंगल सफारी सुरु गर्नु भएको हो  ।  जंगल सफारीको कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले उद्घाटन गर्नु भएको छ  ।

बेलका नगरपालिकाको आयोजना तथा कोशी टप्पु बन्यजन्तु आरक्षको समन्वयमा भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले जंगल सफारीको उद्घाटन गर्नु भएको हो ।

अहिलेको आर्थिक मन्दीमा पनि प्रदेशकै नाम चिनाउन र पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित जंगल सफारीको सुरुवात  गराएकोमा भट्टराईलाई मुख्यमन्त्री कार्कीले धन्यवाद ज्ञापन गरे । धार्मिक हिसाबले पनि महत्वपुर्ण मानिने चतराक्षेत्रमा आउने पर्यटकलाई जल तथा जंगल सफारीले पर्यटन प्रवर्द्धन मात्र नभएर यस क्षेत्रको पहिचानलाई अझ माथी पुर्याउने मुख्यमन्त्री कार्कीले बिश्वास व्यक्त गर्नु भयो ।

धार्मीक र ऐतिहासिक मानिने चतराधाममा आउने पर्यटकलाई कोशी टप्पु आरक्षमा वन बिहार गराएर मनोरञ्जन दिने उदेश्य सहित जंगल सफारी संचालन गरिएको हो । बिश्वमै सवै भन्दा बढी चराचुरुङ्गी पाइने, लोपोन्मुख अर्ना र सिमसार क्षेत्रमा डल्फीन समेत पाइने हुँदा कोशी टप्पुमा जंगल सफारी गर्न उत्कृष्ट मानिन्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले पर्यटन प्रवद्धन गर्न उदयपुरको बराहक्षेत्रधाम, रौतापोखरी, ऐतिहासिक गढीहरुलाई उत्कृष्ट गन्तव्य स्थामा सुचिकृत गर्दै लगानी गर्न मुख्य मन्त्री सँग आग्रह  गर्नु भयो ।

यस्तै बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले चतरा पर्यटनको उचित गन्तव्य भएका कारण यसलाई उत्कृष्ट गन्तव्य स्थानका रुपमा सुचिकृत गरि यसको प्रचार प्रसार गरिदिने प्रदेश सरकारलाई अनुरोध गर्नु भयो । प्रमुख कार्कीले प्याराग्लाईडिङ, कोशीमा जलयात्रा र कोशी टप्पुमा जंगल सफारी र धार्मिक र ऐतिहासिक क्षेत्र यही भएकाले यो क्षेत्रलाई उत्कृष्ट गन्तव्य स्थानका रुपमा सुचिकृत गरि यहाँको भौतिक बिकासमा सहयोग गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry