एक घण्टा बढी लाग्ने दुरी अब ३० मिनेटमा सरर

Logo
बिहिबार, जेठ ०३, २०८१

उदयपुर । नेपाने बाट सदरमुकाम सहित पालिकाको प्रशासनीक केन्द्र संग जोड्ने  छोटो दुरीको सडकको उद्घाटन गरिएको छ । चप्पन – भाङखर्क -धापखर्क -सिक्रेटी नेपाने सडकको  एक कार्यक्रम गर्दै  उद्घाटन गरिएको हो ।

त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले वडा नं १४ का ४ गाउलाई जोड्ने उक्त धुले सडकको बुधबार उद्घाटन गर्नु भएको हो । मेयर बस्नेतकै विशेष चासोमा उक्त सडकको ट्र्याक खोलिएको हो ।

छोटो दुरिको सडक बने संगै पालिकाको प्रशासनीक केन्द्र गाईघाटबाट नेपाने जान पहिले भन्दा एक घन्टा बढी हिड्न पर्नेमा अहिले ३० मिनेटमा पुग्न सकिने  भएको छ  ।

सगरमाथा राजमार्ग प्रयोग गरेर जाँदा करिव ४० किलोमिटर लामो दुरी पर्नेमा अहिले खोलिएको ट्र्याकबाट १२ किलोमीटर दुरीमानै उक्त स्थान पुग्न सकिने भएको छ।

नयाँ ट्र्याक खोलिए संगै भाङखर्क धापखर्क सिक्रेटी र नेपानेका २ सय बढी घर परिवार लाभान्वित भएका छन ।  उद्घाटन कार्यक्रममा बोल्दै मेयर बस्नेतले अहिले ट्र्याक खोलेर धुले सडक संचालनमा ल्याइएको र आउदो बर्षमा ग्राभेल गरि १२ महिना चल्ने सडक निर्माणमा आफू लागि पर्ने बताउनु भयो  । उहाँले छोटो दुरीको सडकले यहाँका नागरिकको समयको बचत  हुनुका साथै गाईघाट संगको सम्बन्ध अझ नजिक हुने बिश्वास व्यक्त गर्नु भयो ।

यस्तै बातावरण सचेतता सहितको बिद्यालय सुधार कार्यक्रमको समेत मेयर बस्नेतले सुभारम्भ गर्नु भएको छ । त्रिनपा वडा नं १४ ले आयोजना गरेको उक्त कार्यक्रमले वडाका बिद्यालयहरुका कम्पाउन्डमा विभिन्न किसिमका फुल बिरुवा रोप्दै वातावरणको संरक्षण सहित सचेतनाको कार्यक्रम सुभारम्भ गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry