त्रियुगाको फार्सेटमा मेडिकल कलेज हुने निश्चित

गाईघाटमा मेडिकल कलेज निर्माण सुरु हुन्छ ः प्रधानमन्त्री
Logo
आइतबार, जेठ १३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका शिर्ष नेता तथा उच्च अधिकारीहरुले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने आश्वसन दिनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधी मण्डलसँग शिर्ष नेताहरुले भुगोल र जनसंख्याको आधारमा त्रियुगा नगरपालिका नै उपर्युक्त रहेकोले त्रियुगा नगरपालिकाले प्रस्तावगरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै बजेटको तयारी रहेको बेला सही समयमा आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेजको निर्माणको प्रक्रिया सुरु हुने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कजेज स्थापना गर्न कुनै समस्या नरहेको बताउनु भयो ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले त्रियुगा नगरपालिकामा मेडिकल कलेज स्थापना गर्ने कार्य धेरै अघि बढेको बताउनु भयो । जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा मेडिकल कलेज बारेमा ज्ञापन पत्र बुझ्दै अध्यक्ष राईले आफू शिक्षा मन्त्री रहेको बेला धेरै प्राविधिक प्रक्रिया अघि बढाईएकोले त्रियुगामा मेडिकल कलेज स्थापना हुनेकुरामा ढुक्क हुन आग्रह गर्नु भयो ।

त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा रहेको टोलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ, शिक्षा सचिव दीपक काफ्लेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा मेडिकल कलेज उदयपुरमा स्थापना गर्ने उल्लेख गरेपछि त्रियुगा नगरपालिकाको नेतृत्वमा सर्व दलिय सर्वपक्षिय प्रतिनिधी मण्डलले प्रधानमन्त्री, शिक्षामन्त्री लगाएत शिर्ष नेतासँग भेट गरेर मेडिकल कलेजको बारेमा ध्यानाकर्षण गराएको हो ।

त्रियुगा नगरपालिकाको संयोजनमा संघीय , प्रदेश सहित त्रियुगा नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु त्रियुगा नगरपालिकाको फार्सेटमा मेडिकल कलेज स्थापनाको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन ।

त्रियुगा नगरपालिका भित्र जग्गाको उपलब्धता, जनसंख्या, सुरक्षा, स्वास्थ्य, विरामीको चापका विषयमा राजनितिज्ञ, जनप्रतिनिधी र विभिन्न व्यक्तीसँग छलफल तथा अन्तरक्रिया गरि उदयपुरको फार्सेटमा मेडिकल कलेज स्थापना गर्न सवै भन्दा उत्कृष्ट स्थान रहेको सर्वदलिय र सर्वपक्षीय निर्णय गराई सोही बमोजीम ज्ञापनपत्र बुझाइएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।

नगर प्रमुख बस्नेतका अनुसार फार्सेटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिकाले जग्गा प्राप्ती गर्ने देखि लिएर विभिन्न चरणमा बिज्ञ टोलीहरुलाई स्थलगत अवलोकन गराई सम्भाब्यता अध्ययन गरि उदयपुरको फार्सेटलाई अन्तिम उत्कृष्ट स्थान भएको प्रतिबेदन सहित प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटी ज्ञापनपत्र बुझाइएको छ ।

२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बनेको कार्यदलले मेडिकल कलेज स्थापना गर्न उदयपुरका सम्भावित स्थानहरूको स्थलगत अध्ययन गरेको थियो । कार्यदलका संयोजक प्राध्यापक मधुसुधन सुवेदी, शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र र विश्व विद्यालय अनुदान आयोगका विनोद भट्टराईको टोलीले त्रियुगा नगरपालिकाको वडा नम्बर ४ को फछौयौट खोला नजिकको फाँटिलो जग्गामा मेडिकल कलेज स्थापना गर्न सिफारिस गर्दै आफ्नो प्रतिवेदन बनाएर मन्त्रालयलाई बुझाएको थियो ।

लामो समय देखि देशका सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उदेश्य सहित सरकारले उचित स्थानको अध्ययन अवलोकन गर्दै आएको थियो । कोशी प्रदेशको उदयपुर जिल्लामा मेडिकल कलेज स्थापना गर्ने उचित हुने निष्कर्ष सहित उदयपुरमा मेडिकल कलेज स्थापना गर्न सरकारको नीति तथा कार्यक्रममा स्थान पाए संगै उदयपुरका जनप्रतिनिधि तथा राजनीतिक दलका नेता काठमाडौं केन्द्रीत भएर प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शिर्षस्थ दलका नेताहरु सँग भेटघाट गरि ज्ञापनपत्र बुझाएका हुन ।

मेडिकल कलेज स्थापना गर्न भुगोल, जनसंख्या, सुरक्षा र सुविधाका हिसाबले पनि उत्कृष्ट स्थानको खोजी हुन्छ ।  जिल्लाको सदरमुकाम, दैनिक जिल्ला अस्पतालमा १ हजार बिरामीको चेकजाँच हुने, सुरक्षाका हिसावमा पनि नेपाली सेनाको १८ नम्बर बाहिन, सशस्त्र र नेपाल प्रहरी सहितको सहज पहुच, भौगोलिक हिसावमा पनि त्रियुगा नगरपालिका सेन्टरमा पर्ने र पहाडी भेग खोटाङ र भोजपुर यता सुनसरी, सप्तरी, सिराहा लगायत भारतीय नागरिक समेतको पहुच त्रियुगामा रहने हुँदा मेडिकल कलेज फार्सेटमा नै स्थापना हुन पर्ने कार्यदलको प्रतिबेदन सहित ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री तथा मन्त्रीहरुले यस अगाडिको कार्यदलले दिएको प्रतिवेदन अनुसार र भौगोलिक र सामरिक हिसावले पनि त्रियुगाको फार्सेट उपर्युक्त देखिएको हुँदा त्याँही मेडिकल कलेज स्थापना हुनेमा ढुक्क भएर जान आग्रह गरेका थिए । यस अगाडिको कार्यदलको प्रतिबेदन र प्रधानमन्त्री तथा मन्त्रीहरुको आश्वासनले त्रियुगाको फार्सेटमा कलेज स्थापना हुनेमा आफुहरु बिश्वस्त रहेको त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry