त्रियुगा नगरपालिकाद्वारा सुनकोशी नदीले बगाएका मृतकका अविभावकलाई आर्थिक सहयोग

Logo
शनिबार, जेठ २६, २०८१

उदयपुर ।  सुनकोशी नदीले बगाएर मृतक फेला परेका तिन बालबालिकाका अभिभावकलाई त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । परिवारका साना सदस्यको निधन पश्चात परिवारमा परेको पिडामा थोरै भए पनि मलहम पट्टि पुर्याउने उदेश्यले नगरपालिकाले मृतक परिवारलाई सहयोग गरेको हो ।

मृतक परिवारमा परेको पिडामा सानै भए पनि मल्हम पट्टि गर्ने उदेश्यले थोरै आर्थिक सहयोग गर्ने निर्णय पहिलेनै गरेको भए पनि भर्खर पैसा निकासा भएका कारण रकम हस्तान्तरण गर्न ढिला भएको भन्दै नगर प्रमुख बसन्त बस्नेतले मृतक परिवार प्रति क्षमा माग्नु भयो।

उहाँले भौगोलिक र जनसंख्याका हिसावमा पनि त्रियुगा नगरपालिका ठुलो भएका कारण र त्रियुगा नगरपालिका पहाडी र मधेसको दुवै भूगोलमा पर्ने भएका कारण विभिन्न विपत जन्य घटना घटी रहने हुँदा ठुलो आर्थिक सहयोग गर्न नसकिएको उल्लेख गर्दै आफु पनि सचेत भएर रहन आग्रह गर्नु भयो ।

प्रमुख बस्नेतले नगरपालिकाले जनताको आर्थिक स्तर उकास्न विभिन्न आय मुलक कुरामा योजना बनाएर  काम गरिरहेको बताउनु भयो ।  “अहिलेका जनता बसेर अर्काको कमजोडी खोज्न मात्र व्यस्त हुदै छन् तर आफै उद्यमी भएर विभिन्न रोजगारीको सिर्जना गर्ने बिषयमा सोच्दैनन।”, उहाँले भन्नु भयो, “यो वडा नं १४ मा अदुवा, बेसार, कफीको व्यवसायीक खेती गरे सरकारले गरेन भनेर गाली गर्ने पर्दैन, हामी दिन्छौ बिउ पुजी तर आफुले मेहनत त गर्न परो नी।”

गत चैत्र ११ गते त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका होली खेलेर नुहाउन गएका बेला सुन कोशी नदीले बगाउदा बेपत्ता भएर बेपत्ता भएको ३/४ दिन पछि नदीको किनारमा मृत फेला परेका थिए। त्रिनपा १४ साउने वस्ने रुद्र पुलामिको छोरी अन्दाजी १२ बर्षिय रेखा मगर, सोही स्थान वस्ने केदार मगरको छोरा अन्दाजी वर्ष ९ बर्षिय को रिदम मगर र सोही स्थान वस्ने मेहरमान मगरको छोरा अन्दाजी १२ बर्षिय लोक ब. मगर कोशी किनारमा मृत फेला परेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry