सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा

Logo
शनिबार, आषाढ ०२, २०८१

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १०/११ स्थित नव उदय सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको सामुहिक दुर्घटना बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ३ सय बढी उपभोक्ता समितिका सदस्यको दुर्घटना बीमा गरिएको हो।

सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्ने उदेश्य सहित उपभोक्ता समितिका ३ सय ५ सदस्यको १ लाख सम्मको  दुर्घटना बीमा गरिएको नव उदय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिनु भयो ।

प्रती व्यक्ति  बार्षिक १ सय ४५ का दरले ३ सय ५ सदस्यको दुर्घटना विमा गर्दा ४४ हजार २ सय २५ रुपैया लागेको अध्यक्ष पाण्डेले बताउनु भयो ।

सामुदायिक वनको कार्यलय परिसरमा एक कार्यक्रम गर्दै दुर्घटना बीमा गरेका सदस्यहरुलाई त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बीमा लेख प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।

बीमा लेख प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले सामुदायिक वनको आम्दानीबाट आफ्नै वनका उपभोक्ताहरुको बीमा गराउनु अत्यन्तै राम्रो र सामाजिक काम भएको भन्दै यस्ता कार्यक्रम सवै सामुदायिक वन उपभोक्ता समितिले गर्न पर्ने बताउनु भयो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी मार्फत दुर्घटना बीमा गरिएको र ३ सय ५ जना सदस्यको ३ करोड ५ लाख बराबरको दायित्व हुने गरि सामुदायिक वन सँग दुर्घटना बीमाको सम्झौता गरिएको इन्स्योरेन्स कम्पनीका गाईघाट शाखाका मेनेजर डिबि कटुवालले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry