होटल म्यानेजमेन्ट कलेज भनेको विशुद्ध खाना पकाउन सिकाउने मात्र हैन । यो प्राविधिक विषय हो । पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो ।
यही लक्ष्य बोकेर कोशी प्रदेशको राजधानी विराटनगरको मुटु तीनपैनीमा बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी स्कुलले पठनपाठन सुरु गर्ने तयारी गरेको छ। कलेजका कार्यक्रम निर्देशक मनोज राजबंशी भन्छन्, नपढेकाले पनि होटल चलाउन सक्छन् ।तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ ।
विद्यार्थीमा त्यही निपूणता ल्याउनका लागि विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक्स्क्लुसिभ बीएसएन होटल म्यानेजमेन्टको स्थापना गरिएको उनले बताएका छन्।प्रोग्राम डाइरेक्टर, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट, विराटनगरका मनोज राजवंशीले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिसहितको सुविधा सहित सहज यातायात र विराटनगर बाहिरका विद्यार्थीहरुका लागि सुविधा सम्पन्न र सुरक्षित छात्रबासको समेत व्यवस्था रहेको बताएका छन् ।
गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ । यही शिक्षा प्रदान गर्न बिएसएनमा ११ वर्षभन्दा बढी समयदेखि यसै क्षेत्रमा अनुभव हासिल गरेका प्राध्यापकहरु रहेका छन् ।
विराटनगरमा होटल म्यानेजमेन्टका शिक्षण संस्था नभएका होइनन् । तर अन्य शिक्षण संस्था भन्दा बीएसएनमा धेरै फरक रहेको बताउँछन् एचओडी÷ होटल म्यानेजमेन्ट, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका फुड प्रोडक्सन प्रमुख अजय चौधरी। नेपाल पर्यटनको हब हो । सरकारले समेत आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ ।
बर्सेनि लाखौं विदेशी पर्यटक घुम्न, अध्ययन अनुसन्धानको लागि आउँछन् । पर्यटक बस्ने भनेको होटल, लज, रिसोर्टमा हो । पर्यटकले राम्रोे खाना, बस्न र मनोरञ्जन खोजेका हुन्छ । पर्यटक आउँदा र बिदाइमा गरिने सत्कार महत्वपूर्ण हुन्छ । यसले विश्वसामू नेपाललाई चिनाउने काम गर्छ । यी सबै विषयको व्यवस्थापन नै होटल म्यानेजमेन्ट पढेकाले गर्ने हो ।
होटल म्यानेजमेन्टले विदेशमा मात्रै होइन स्वदेशमा पनि स्वरोजगार बनाउँछ भने हासिल गरेको सिपले रोजगारको सुनिश्चित गर्दछ । यसैले त होटल म्यानेजमेन्ट पढाईपनि हुने अनि कमाईपनि हुने शिक्षा हो ।