पहिरो पिडितलाई राहत लिएर रातारात पुगे नगर प्रमुख बस्नेत

Logo
बुधबार, आषाढ २७, २०८१

उदयपुर । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ बर्षीय रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । घाइते भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले ४/५ वटा घरमा पूर्ण क्षेती पुर्याएको छ भने अन्य १०/११ घर पहिरोको उच्च जोखिममा छन । जोखिममा परेकाहरूलाई अन्य घर परिवारलाई पनि नजिकैको बिद्यालयमा सारिएको वडाअध्यक्ष गणेश तिम्सिनाले बताए । पहिरोले घर बिस्थापित भएर बिद्यालयमा बस्दै आएका परिवारलाई खान र बस्ने राहतको सामान सहित त्रियुगा नगर पालिकाका प्रमुख बसन्त बस्नेत पुग्नु भएको छ । नगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न, लता कपडा, त्रिपाल र म्याट्स लिएर नगर प्रमुख पिडित परिवार कहाँ पुग्न भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry