त्रियुगा नगरले गर्यो विपत व्यवस्थापन तथा प्रतिकार्यका लागि वडा वडामा इन्जिनियर सहितको टोली परिचालन

Logo
आइतबार, आषाढ ३१, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाले बिपत व्यवस्थापन तथा प्रतिकार्यका लागि नगरका हरेक वडमा इन्जिनियर सहितको प्राविधिक टोली परिचालन गरेको छ ।

नगरपालिका इन्जिनियरहरुको नेतृत्वमा ४ जना सव इन्जिनियरहरुको टोली बनाएर वडामा भएका विपतहरुको जोखिम अध्ययन गरि वडमानै बसेर विपतको पुर्व तयारी र श्रमदान जुटाएर विपतको समाधान गर्न  टोली परिचालन गरेको हो ।

इन्जिनियरहरुको टोलीले आफ्नो भागमा परेको वडामा गएर स्थलगत अध्ययन गरि बाढी पहिरोको क्षति र त्यसले ल्याउने असरको बिषयमा अध्ययन र निरिक्षण गरि त्यसको अस्थाई तथा दीर्घकालीन समाधान खोज्ने गरि काम खटाइएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।

नगरपालिका भुगोल ठूलो भएका कारण सवै ठाउँमा आफू तत्काल पुग्न नसक्ने हुँदा वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरु मार्फत विपतको तत्काल समाधान र न्यूनीकरण लागि इन्जिनियरहरुको टोलीलाई वडा वडामा खटाएको प्रमुख बस्नेतले बताउनु भयो । विपत परेको स्थानमा इन्जिनियरहरु पुगेर नगरपालिकाको स्रोत र साधन प्रयोग गरि वडा अध्यक्षसँग समन्वय तथा सहभागितामा अस्थाई समाधान खोजी तत्काल उद्धार तथा विपत व्यवस्थापन लाग्न इन्जिनियरहरुलाई निर्देशन दिएर खटाएको प्रमुख बस्नेतले बताउनु भयो ।

अहिले वडा नं ११ स्थित बरुवा नदिले बाँध फुटाएर कटान गर्दा गाईघाट बजार जोखिम हुने त्यसको अस्थाई समाधान खोजेको र अन्य वडाहरुमा पनि नदिले कटान गरेको क्षेत्रमा खटाएका इन्जिनियरहरुले जन श्रमदान जुटाएर अस्थाई बांध निर्माण गरि समाधान खोजी रहेका छन ।

वडा नं १४, १५ र १६ पहाडी एरिया भएकाले पहिरो जाने हुँदा पहिरो जान सक्ने सम्भावित स्थानको पूर्व पहिचान गरि त्यसको समाधान र बच्ने उपाए इन्जिनियरहरुको टोलीले गर्ने छ । वडा नं १५ रानिबास नजिक गएको पहिरोबाट प्रभावितहरुको उद्धार राहत तथा अन्य आवश्यक पहल कदमी गर्न टोलीलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry