त्रियुगाको आव २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

Logo
आइतबार, आषाढ ३१, २०८१

उदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८०/८१ तेस्रो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

त्रियुगा नगरपालिकाको आयोजना तथा सुशासनका हिमायती (जि.क्यु) को सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवम प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख वसन्त बस्नेतले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गर्नु भयो ।

नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम, शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरि बिद्यालयको दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बढाउने काम, स्वास्थ्यमा जिल्ला अस्पताललाई विशेषज्ञ सेवा दिने सहितको अस्पतालमा परिणत गरिएको, पूर्वाधार तर्फ बिश्वबैंकको लगानीमा बन्ने सडकको काम शुरु भएको र त्रियुगा रिङरोड निर्माणको थालनी भएको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले बिद्यालयको तह घटुवा र संस्थागत बिद्यालयहरुले लिने शुल्क नगरपालिकाले निर्धारण गरेता पनि बिद्यालयले मनोमानी शुल्क लिरहेको बिषयमा गुनासो राखेका थिए । गुनासोहरुलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले संस्थागत बिद्यालयले नगरपालिकाले तोकेको शुल्क भन्दा बढी नलिएको र लिएको स-प्रमाण लिएर आएमा बिद्यालयको तह घटुवा देखि खारेजी सम्मको प्रक्रियामा नगरपालिका जाने बताउनु भयो ।

यस्तै सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्नका लागि शिक्षकहरुको दरबन्दी मिलान गरि बिषयगत शिक्षकहरुलाई सम्पुर्ण बिद्यालयमा पुर्याउन दरबन्दी मिलान र बिद्यालयको तह घटुवा गरेको प्रमुख बस्नेतले बताउनु भयो  । बिद्यालयलाई खारेज वा मर्ज नगरी विद्यार्थी संख्याको आधारमा तह घटुवा मात्र गरिएको र आउदो शैक्षिक सत्रमा विद्यार्थी संख्या पुर्याएको खण्डमा पुन: विद्यालयको तह बढाउन सक्ने गरि नगर शिक्षा समितिको निर्णयमा शिक्षामा सुधारको खाँचो औल्याएर काम गरिएको बताउनु भयो  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry