खाँबु तोरिबारिका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिँदै

Logo
बुधबार, साउन २३, २०८१

उदयपुर। वर्षाका कारण पहिरोबाट विस्थापित भएका उदयपुरको त्रियुगा नगरपालिका १५ तोरिबारीका पहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सारिने भएको छ। गत असार २४ गते परेको अविरल बर्षाका कारण गएको पहिरोमा परि विस्थापित १५ घर परिवारलाई नजिकैको सुरक्षित स्थानमा सारिने भएको हो ।

पहिरोले घर बिस्थापित भएर बिद्यालयमा बस्दै आएका परिवारलाई अहिले भएको स्थान भन्दा २ किलोमिटर टाढा हुवासमा जग्गा उपलब्ध गराई अस्थाई टहरा निर्माण गरि स्थान्तरण गर्न लागिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । अहिले पहिरो गएको स्थानमा फेरी पनि भारि बर्षा भएमा पहिरो जाने खतरा रहेका कारण बिस्थापित र उच्च जोखिम घर परिवारलाई घर टहरा बनाएर बस्न पुग्ने गरि जग्गा उपलब्ध गराएर दिने तयारी गरेको प्रमुख बस्नेतले बताउनु भयो।

असार २४ गते सोमबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी एकजनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry