बजारको सौन्दर्यता र बजार व्यावास्थापनका लागि पनि तरकारी बजार हवाइफिल्ड उत्कृष्ट स्थान हो : मेयर बस्नेत

Logo
शनिबार, साउन २६, २०८१

उदयपुर ।  त्रियुगा नगरपालिकाले गाईघाट बजारलाई व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु गरेको छ । गाईघाट बजार क्षेत्रका मुख्य सडक तथा अन्य सडक पेटीमा लगाएका फलफुल र तरकारीलाई हटाएर तरकारीलाई सगरमाथा कृषि बजार हवाई फिल्ड र फलफूललाई त्रिनपा ११ को यातायात कार्यालय नजिकैको नयाँ फलफूल बजारमा अनिवार्य लैजान आग्रह गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै भदौ १ गते सम्ममा नगरपालिकाले तोकेको बजार बाहेकका क्षेत्रमा तरकारी तथा फलफुल बिक्रिवितरण  नगर्न भनेको छ । नगरपालिका द्वारा जारी सूचनामा नगरपालिकाले तोकेको स्थान बाहेकका क्षेत्रमा तरकारी वा फलफुल बिक्रि वितरण गरेको पाइएमा समान जफथ गर्ने जनाइएको छ।

गाईघाट बजारका सडक पेटी तथा फुटपाथ मिचेर साना खुद्रे व्यापारीहरुले फलफुल तथा तरकारी बिक्रीवितरण गर्ने गरेकोले त्यसको समाधानका लागि नगरपालिकाले २ बर्ष अगाडी व्यक्तिको जग्गा लिजमा लिएर फलफुल बजार संचालन गर्न दिएको थियो । नगरपालिकाले फलफुल बिक्रि वितरणका लागि निर्माण गरिदिएको बजारमा फलफुल भन्दा पनि साना खुद्रे तरकारी वयापारीहरुले प्रयोग गर्न थाले पछि सगरमाथा तरकारी बजारका व्यापारी र फलफुल व्यापारीहरुले असन्तुष्टि जनाउदै बिरोध गर्दै आएका थिए ।

सार्वजनिक जग्गामा संचालनमा रहेको तरकारी बजारलाई कमजोर बनाउन व्यक्तिको जग्गा लिजमा लिएर तरकारी बजार संचालन गरेको भन्दै व्यापारीहरुले बिरोध गर्दै आएका थिए। व्यापारीहरुको असन्तुष्टीलाई सम्बोधन गर्न र  बजारको सौन्दर्य बढाउने उदेश्यले फेरी नगरपालिकाले तरकारी बजारलाई अनिवार्य सगरमाथा तरकारी बजार हावाइफिल्डमा लैजान भनेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

“हामीले  यहाँ बजार भित्रका सडकपेटी र फुटपाथमा लगाइएका खुद्रे व्यवसाय हटाउने उदेश्यले यातायात कार्यालय नजिकै व्यक्तिको जग्गा नि:शुल्क लिएर तत्कालका लागि समाधान गर्न फलफुल बजार निर्माण गरेका थियौ, ।” मेयर बस्नेतले भन्नु भयो,  “तर त्यो बजारको तरकारी व्यावसायीले पनि प्रयोग गरे पछि दुई वटै बजारको उचित व्यावस्थापन पनि हुन सकेको थिएन र व्यापारी बीच पनि मन मुटाव बढेको थियो, त्यसैको अन्त्यका लागि अहिले तरकारी बजारलाई अनिवार्य हावाइफिल्ड लैजान भनिएको हो ।”

यता नगरपालिकाले फलफुल र तरकारी बजारलाई अलग अलग छुट्याएर सार्वजनिक स्थानमा राज्यको लगानी परेको बजारलाई व्यवस्थित गर्न गरेको निर्णय स्वागत योग्य भएको व्यवसायीहरुले बताएका छन । हवाईफिल्डमा तरकारीको व्यवसाय गर्दै आएका बैजनाथ शाहले नगरपालिकाले तरकारी बजारलाई एकत्रित गरि एक ठाउमा लगाउने उदेश्यले गरेको निर्णय स्वागत योग्य रहेको र व्यवसायीहरुको हित हेरेर निर्णय लिएको बताउनु भयो। यस्तै अर्का व्यवसायी कुसुम खवासले  दुई स्थानमा बजार हुँदा व्यापारी-व्यापारीहरु बिच सम्बन्ध बिग्रेको र व्यापार व्यवसायमा असर परेको बताउनु भयो। “खासगरी बजार सरकारी वा सार्वजनिक स्थानमा व्यवस्थित तरिकाले बजार लाग्दा खरिद गर्न आउने हरुलाई समेत सहज ढंगबाट सवै तरकारी एकै ठाउ किनेर लैजान सजिले हुने थियो।” खवासले भन्नु भयो, “बजार एकै ठाउ हुँदा मान्छेले हेर्दा पनि गाईघाटको तरकारी बजार त यस्तो भनेर कुरा गर्छन नमुना बजार बन्न सक्छ, रमाइलो बजार बन्न सक्छ।”

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry