राजनैतिक प्रतिशोधका आधारमा कपोकल्पित आरोप लगाएर नगरपालिकालाई विवादमा ल्याउने काम हुदैछ : कटारी नगर प्रमुख श्रेष्ठ

Logo
बिहिबार, साउन ३१, २०८१

उदयपुरको कटारी नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैयाको बजेट सार्वजनिक गरेको छ । श्रावण २७ गते नगरपालिकाको १३ औ नगर सभाले सो बराबरको बजेट ल्याएको बुधबार कटारी नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

असार १० मा बजेट, निति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि विभिन्न प्राविधिक कारणले गर्दा कटारी नगर सभा श्रावण २७ गते भएको हो । श्रावण २७ गते आयोजित नगर सभामा कटारी नगर उपप्रमुख गीता खड्काले ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गर्नु भएको हो।

नगरसभामा आर्थिक बर्ष २०८०/८१ को आयव्यय समेत सर्व सम्मत रुपमा अनुमोदन गरिएको थियो । तर नगरसभा सकिएर बाहिर निस्किए पछि केहि वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगर सदस्यहरुले अघिल्लो आर्थिक बर्षको आयव्याय नमिलेको र नगर प्रमुखले मनोमानी गरेको भन्दै सामाजिक संजाल देखि विभिन्न संचार माध्यममा समेत आए पछि नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगर सभामा भएको बिषय र आर्थिक आयव्यायको बिषयमा प्रष्ट पारेको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेट नगरसभाबाट पारित भै योजनाहरु सञ्चालन भइरहेको अवस्थामा नगरसभाले अनुमान गरेको राजश्व भन्दा फरक शीर्षकबाट (वन रोयल्टि र खनिज तथा खानी रोयल्टी) प्राप्त रु १ करोड ७६ लाख ५८ हजार प्राप्त भएको बजेटलाई नगर प्रमुख श्रेष्ठले नगरमा संचालनमा रहेका विभिन्न कार्यक्रम तथा योजनामा नपुग रकम थप गरि खर्च गराएका थिए।

त्यसरी खर्च गरेको रकमलाई शिर्षक वाइज रुपमा खर्च विवरण देखाएर नगरसभाबाट अनुमोदन गराए पछि विवाद सकिन पर्नेमा नगर प्रमुख बिरुद्ध  विभिन्न टिक्का टिप्पणी गर्दै अनिमियतता गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन मार्फत नगर प्रमुख श्रेष्ठले प्रष्ट पार्नु भएको हो।

मेयर श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै १ करोड ७६ लाख बजेट नगरपालिकाको आवश्यक्ताको आधारमा शिर्षक छुट्याएर अपुग भएको ठाउँमा खर्च गरेको र आफुले १ रुपैया पनि नगरपालिकाबाट अनियमितता गरेको पुष्टि भए राजनीति बाट सान्यास लिने र जस्तो सुकै कारवाहि भोग्न पनि तयार रहेको बताउनु भयो । उहाँले व्यक्तिगत तथा राजनैतिक प्रतिशोध साध्नको लागि विभिन्न कपोकल्पीत भ्रम छर्ने काम भै रहेको प्रति नगरबासीलाई सो बिषयमा सचेत भएर सत्य तथ्य बुझ्नको लागि समेत आव्हान गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry