त्रियुगा नगरपालिकाले आफ्नो नगरका सम्पुर्ण बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउने

Logo
बुधबार, भाद्र ०५, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाले आफ्नो नगरपालिका भरिका सम्पुर्ण विरामीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । त्रियुगा नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले आज एक कार्यक्रमका बिच सम्झौता गरि त्रियुगा नगरभित्रका सम्पुर्ण बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने भएको हो ।

त्रियुगा नगरपालिकाका तर्फबाट नगर प्रमुख वसन्त बस्नेत र जिल्ला रेडक्रसका तर्फबाट जिल्ला सभापति मदन राज कटुवालले नगरपालिका भरिका नागरिकलाई ३ सय युनिट रगत निशुल्क उपलब्ध गराउने गरि सम्झौता भएको हो ।

सम्झौतामा निशुल्क रगत लिनको लागि सेवा ग्राहीले आफू त्रियुगा नगरपालिकाको नागरिक भएको प्रमाणीत प्रतिलिपी लिएर जान पर्ने र रेडक्रसले दुर्लभ समुहको रगत बाहेक आएका बिरामीलाई रगत अनिवार्य उपलब्ध गराउन पर्ने उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्दै नगरप्रमुख वसन्त बस्नेतले आफ्नो नगरमा भएका बिरामीलाई सहज रुपमा उपचार गराउने उदेश्य सहित आफ्ना पालिकाका नगरिकलाई रगतको अभाव नहोस भन्ने उदेश्यले रेडक्रससँग सम्झौता गरेको बताउनु भयो ।

हामी देशका सम्पुर्ण नगरपालिका भन्दा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र अव्वल नगरपालिका भएर देखाउने उदेश्य सहित जिल्ला अस्पतालसँग सम्झौता गरि वडा वडामा विशेषज्ञ सेवा पुर्याउन लागि रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

नगर प्रमुख बस्नेतका अनुसार नगरपालिकाले चौधरी आँखा अस्पताल लाहान सँग सम्झौता गरि नगर भित्रका सम्पुर्ण नागरिकको निशुल्क आँखाको उपचार र शल्यक्रिया समेत गरिदिने भएको छ । हालै नगरपालिकाले स्वास्थ्यलाई ध्यान दिदै नगर अस्पताल संचालन गरि विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry