त्रियुगा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गरिदिने

Logo
बिहिबार, भाद्र ०६, २०८१

गाईघाट – त्रियुगा नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि त्रियुगा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नगरप्रमुख बसन्त बस्नेत र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बिहिबार हस्ताक्षर गरेका छन ।

गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख बस्नेतको भनाइ छ। “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्”, उहाँले भन्नु भयो , “ आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ।”

यस अगाडी नगरपालिकाले जिल्ला रेडक्रस सँग सम्झौता गरि त्रियुगा नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry