वक्तृत्वकला प्रतियोगितामा सगरमाथा प्रथम

Logo
शनिबार, भाद्र ०८, २०८१

उदयपुर । त्रियुगा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुल प्रथम बनेको छ । शुक्रबार प्याबसन भवन मोतिगडामा सम्पन्न नगरस्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुल गाईघाट प्रथम बनेको हो ।

त्रियुगा नगर प्याव्सनको आयोजनामा भएको प्रतियोगितामा माध्यमिक तह तर्फ सगरमाथाकी छात्रा विशेषता खत्री र आधारभुत तह तर्फ सगरमाथाकै समिक्षा निरौला प्रथम स्थान हासिल गरेकी छिन ।

त्रियुगा नगरपालिकाका १८ वटा विद्यालयहरु विच भएको प्रतियोगितामा माध्यमिक तर्फ लालिगुराँस स्कुलका आयुषा कटुवाल द्धितिय र प्याराडाईज स्कुलका सम्पन्न थापाले तृतिय स्थान हासिल गर्न सफल भएका छन ।

त्यसैगरी आधारभुत तह तर्फ त्रियुगा माविका अनुश कार्की द्धितिय र क्यानभास एकेडेमीका किन्जल बस्नेतले तृतिय स्थान हासिल गर्न सफल भएका त्रियुगा नगर प्याब्सनले जनाएको छ ।

त्रियुगा नगर प्याव्सनका अध्यक्ष लक्ष्यजंग ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा विजयी छात्र, छात्राहरुलाई नगर अध्यक्ष ठकुरीले ट्रफि र प्रमाणपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry