कर्मचारी युनियनद्धारा अस्पताललाई फर्निचर हस्तान्तरण

Logo
बुधबार, भाद्र १९, २०८१

उदयपुर / जिल्ला अस्पताल उदयपुरका विरामीको सहजताका लागि नेपाल निजामती कर्मचारी युनियनले फर्निचर उपलब्ध गराएको छ । आफ्नो स्थापन दिवसको अवसरमा युनियनले दश थान विरामी बस्ने कुर्सी उपलब्ध गराएको हो ।

स्थापना दिवसमा बर्षेनी फलामका वेन्च (फर्निचर) उपलब्ध गराउँदै आएको युनियनले यसपटक फलामका कुर्सी उपलब्ध गराएको अध्यक्ष भगवति खतिवडाले बताईन । उनले भनिन्, ‘फलफुल तत्काल खाएर सकिने, फर्निचर बर्षौसम्म काम लाग्ने भएकाले अस्पताल प्रशासनको सहजताका लागि पनि दिगो सामग्री हस्तान्तरण गरेका हौ ।’

कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले सामाजिक अभियानसँगै राष्ट्र निर्माणमा निजामती कर्मचारीहरुको अब्बल भुमिका रहेको बताए । उनले राज्यले तोकेको जिम्वेवारीसँगै समाजसेवाको सामाजिक जिम्वेवारीमा पनि निजामती कर्मचारीको ठुलो योगदान रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले जनताको सेवा नै राष्ट्रसेवक कर्मचारीको मुलमर्म भएकाले जिम्वेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे । युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष मानबहादुर वनले निजामती कर्मचारी युनियन जनताको सेवासँगै पेशागत हकहित र मानविय सेवामा समर्पित रहेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry