दक्ष कामदार उत्पादन गर्न १० महिने मोटरसाइकल मर्मत सम्बन्धि तालिम शुरु

Logo
बिहिबार, भाद्र २०, २०८१

मेकानिकल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले बुधबार देखि पेशागत मोटरसाइकल मेकानिक तालिमको शुरूवात भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा त्रियुगा नगरपालिकाको युवा तथा शिक्षा शाखाको समन्वयमा ट्रेडलिन्क टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट प्रा.लीले तालिम दिने भएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बसन्त बस्नेतले  दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम अन्तर्गत नगरपालिकामा रहेका बेरोजगार २० जना युवाहरुलाई १० महिने मोटरसाइकल मर्मत तालिम दिन लागिएको बताउनु भयो ।

“कोशी प्रदेशकै सवै भन्दा बढी मोटरसाइकल उदयपुरमा बिक्री हुन्छ, जति मोटरसाइकल बिक्रि हुन्छ त्यति नै त्यसको मर्मत गर्न पर्ने हुन्छ ।” नगर प्रमुख बस्नेतले भन्नु भयो, “मोटरसाइकल मर्मत सम्बन्धि दक्ष जनशक्ति बनाउन सके उनिहरु त्यही पेशा गरेर मजाले स्वरोजगार बन्न सक्छन भनेर यहाँको आवश्यकता हेरेर यो तालिमको व्यवस्था मिलाएका हौ ।”

नगरपालिकाले बेरोजगारहरुलाई तालिम र सीप दिएर स्वरोजगार बनाउने उदेश्य सहित बार्षिक २ सय बढी युवालाई तालिम दिरहेको बताउनु भयो । यस अगाडि उहाँले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न होटल कुक सम्बन्धि तालिम, घर बनाउने सिकर्मी डकर्मी तालिम, चार पाङ्ग्रे सवारी साधन मर्मत तालिमको आयोजना गरि सम्पन्न गरि सकेको बताउनु भयो ।

महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम, ब्युटिसियन सम्बन्धि तालिम र अचार बनाउने तालिम दिएर स्वरोजगार बनाउने योजना अनुरुप काम गरिरहेको नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry