नगर प्रमुख बस्नेत द्वारा रक्तदान

Logo
बिहिबार, भाद्र २०, २०८१

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले रक्तदान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

रक्तदान जीवनदान, मानवतालाई जिवित राखौं भन्ने मुख्य नारासहित नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा सदरमुकाम गाईघाटमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख बस्नेतले रक्तदान गर्नु भएको हो ।

रक्तदान गर्दै नगर प्रमुख बस्नेतले राजनीति पनि समाजसेवा भएको तर रक्तदान भन्नु नै जीवन दान भएकोले रगतको अभावमा कोही पनि समस्यामा पर्नु हुँदैन भनेर नगरपालिकाले आफ्नो नगरभरिका जनतालाइ नि:शुल्क रगत उपलब्ध गराउने गरि रेडक्रस सोसाइटी सँग सम्झौता गरिसकेको बताउनु भयो ।

सदरमुकाम स्थित पिपल चोकमा भएको कार्यक्रममा नगर प्रमुख बस्नेतले भाषण गरेर र चिया पसलमा बसेर अर्काको कुरा काटेर सेवा सम्भव नभएकोले सबैले मिलेर आफ्नो आदर्श र कर्तव्यलाई व्यवहारमा उतारे त्रियुगा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन अब धेरै बेर नलाग्ने उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry