सोरुङ्गछविसेमा आमा छोराको बीभत्स हत्या

Logo
बिहिबार, भाद्र २०, २०८१

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १० स्थित सोरुङ्गछविसेका एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् ।

सोरुङ्गछविसेका अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको कटारी नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष क्षेत्र बहादुर खड्काले जानकारी दिनु भयो ।

आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा सव भेटिएको र  बालकको घाटीमा धारिलो हतियारले छिन्ने गरि काटेको अवस्थामा भएटिएको वडा अध्यक्ष खड्काले बताउनु भयो । आफू पालिकाको कामले बिराटनगरमा रहेको बेला घटना घटेकोले घटना घटेको स्थानमा भर्खर जाँदै गरेको र घटनाको बिषयमा मृतक थापाका आफन्तले जानकारी गराएका थिए ।

वडा अध्यक्ष खड्काका अनुसार मृतक थापाका आमा छोरालाई बेलुका नै कसैले हत्या गरेको हुन सक्ने देखिएको छ ।  मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । श्रीमान् अर्की श्रीमती लिएर दिल्ली गएपछि अस्मिता गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry