जेष्ठ सदस्य रेग्मीलाई नगर प्रमुख द्वारा सम्मान

नगरपालिकाको सल्लाहकारमा जेष्ठ सदस्य रेग्मी मनोनीत
Logo
खेमराज दाहाल मंगलबार, भाद्र २५, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । त्रियुगा नगरपालिका वडा नं १२ प्रतिभा टोलका तुलसी प्रसाद रेग्मीलाई सय बर्ष प्रवेश गरेको उपलक्ष्यमा सम्मान गरेको हो ।

बिपि जयन्तिको १ सय ११ औं स्मृति दिवसको अवसरमा नगरपालिकाका जेष्ठ सदस्य रेग्मीलाई दोसल्ला ओढाएर नगर प्रमुख वसन्त कुमार बस्नेतले सम्मान गर्नु भएको हो ।

पञ्चायतकालिन प्रतिबन्धित समयमा पनि सामाजिक जागरण, साहित्य सिर्जना, पत्रकारिता तथा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै जेष्ठ सदस्य रेग्मीलाई सम्मान गरिएको नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसको पूर्व क्षेत्रीय समापतिको भुमिकामा रही समाजमा रहेका अन्धविश्वास,कुरीति,कुसस्कारको विरोधमा समाजिक अभियान, राजनिति,पत्रकारीता तथा साहित्य साधनामा नीरन्तर क्रियाशिल रही नगरपालिका र समग्र उदयपुरको पहिचान समेत बोकेको युग पुरुषलाई सम्मान गर्न पाउँदा आफुलाई गौरव महसुस भएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

यहीँ श्रावण १५ गते १ सय बर्ष प्रवेश गर्नु भएका रेग्मीले साहित्य क्षेत्रमा उदयपुर जिल्ला परिचय (२०४३), माझी जाति एक परिचय (२०४४), बादल मित्रका ताराहरू (सहलेखन २०६३) जस्ता महृत्वपूर्ण कृतीको सिर्जनाका साथै नेपाल राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई नेपाली वाङमय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

यस्तै जेष्ठ सदस्य रेग्मीलाई नगरपालिकाले वरिष्ठ अनुभवी सल्लाहकारमा नियुक्त गरेको छ । जेष्ठ सदस्य रेग्मीका अनुभव र उहाँले आफ्नो जिवनकालमा गरेका राम्रा कामहरुलाई अनुशरण गरि नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उदेश्यले वरिष्ठ सल्लाहकारमा नियुक्त गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

पञ्चायत कालमा तत्कालीन स्थानीय तह (गाउँ बिकास समिती र जिल्ला बिकास समिति) मा बसि दुई दशक बढि समय जनताको सेवामा लाग्नु भएका रेग्मीबाट धेरै अनुभव र सल्लाह लिन सकिने भएको हुँदा उहाँलाई सल्लाहकारमा नियुक्त गरिएको मेयर बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry