मोतिगढा फत्तेपुर सडक चालू आर्थिक बर्षमा सक्ने डि.ई आशुतोष कर्णको भनाई

Logo
बुधबार, भाद्र २६, २०८१

गाईघाट । बजेटको अभावमा रोकिएको निर्माणाधीन गाईघाट–फत्तेपुर सडकको कामले अब निरन्तरता पाउने भएको छ । मधेस प्रदेशलाई उदयपुरको सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम रकम अभावले अलपत्र परेको थियो । डिभिजन सडक कार्यलयका प्रमुख सहितको टोली आएर स्थलगत निरिक्षण गरेर चालु आर्थिक बर्षमा सडक निर्माणका लागि प्रयाप्त बजेट रहेकोले रकम अभावका कारण निर्माणमा कुनै कठिनाई नहुने भएको हो ।

त्रियुगा नगरपालिका–१, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–९, १० र ५ को सुन्दरपुर हँुदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडक अन्तर्गत मोतीगढा, जोगीदह र रूपनीसम्मको करिब १२ किलोमिटरमा यसै वर्ष काम सम्पन्न गर्ने गरी बजेट सुनिश्चित रहेकाले डिभिजन सडक कार्यालय लहानका डि.ई आशुतोष कर्णलाई स्थलगत निरिक्षण गराएर कामलाई तिव्रता दिन लगाइएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।

नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गर्ने कार्यक्रम अनुसार उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो गाईघाट–फत्तेपुर सडक अन्तर्गतको मोतीगढा जोगीदह खण्डमा कालोपत्रे गर्न सुरु गरिएको भएपनि बजेट अभाव र ठेकेदार कम्पनीको ढिला सुस्तीले काम अगाडि बढ्न सकेको थिएन ।

हाल निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित त्रियुगा विमानस्थल भएर जाने उच्च गुणस्तरको दुई लेनको कालोपत्रे सहितको यो सडक निर्माण गर्न मैनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।

निर्माणधीन आयोजनाको मोतीगढा, जोगीदह- रुपनी सडक खण्ड चालु आर्थिक बर्षमा सक्ने गरि बजेट सुनिश्चित रहेकाले निर्माण कम्पनीलाई ताकेता गरेर पनि कालोपत्रे सक्ने सडक कार्यालय लहानका डि.ई आशुतोष कर्णले बताउनु भयो ।

सडक निर्माणको काम सुस्त भएसँगै सदरमुकामसम्म सरकारी कामकाजमा आउने सेवाग्राही, गर्भवती महिला, सुत्केरी र अन्य कतिपय आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने बिरामी बोकेका एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधनलाई समेत सास्ती भएको छ । पहिलेको ओटासिल भत्काएर नयाँ माटो थुपारिएको सडकमा गुडेका सवारीसाधनका कारण उडेको धुलोले आसपासका बस्तीलाई बसिनसक्नु बनाएको स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry